निलिमा पाण्डेसहित तीन खेलाडी चम्कँदा त्रिभुवन आर्मी क्लब शनिबार रबाफिलो जित निकाल्दै राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीले बागमती प्रदेशमाथि ८–० को फराकिलो जित निकाल्दा तीन खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। निलिमासहित कमला चन्द र दमारा भट्टले समान दुई गोल गरे। निलिमा प्लेयर अफ द म्याच पनि भइन्। सुनिता नेगी र सीतामाया बलले समान एक गोल थपे।
महिलामा चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। आर्मीसँगै गण्डकी प्रदेशले पनि समान दुई जित निकालेको छ। समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ। अब आगामी आइतबार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ। यो खेलले नै लिगको विजेता टुङ्गो लगाउनेछ। लिगमा समान दुई खेल खेलेका बागमती र मधेस अंकविहीन छन्।
पुलिस र आर्मी सेमिफाइनलमा
च्यासलमा जारी पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा पुलिस र आर्मी सेमिफाइनलमा पुगेका छन्। समूह ‘बी’ बाट पुलिस र समूह ‘ए’ बाट आर्मीले लिगमा दुई जित निकाल्दै कम्तीमा शीर्ष दुई स्थानमा रहेर सेमिफाइनल स्थान पक्का गरेका हुन्।
शनिबार भएको विभागीय डर्बीमा नवराज खत्रीको ह्याट्रिकप्रेरित पुलिसले एपिएफमाथि ३–० को जित निकाल्यो। नवराज प्लेअर अफ द म्याच भए। पुलिसले चार टोली रहेको समूहमा दोस्रो जित आत्मसात् गरेको हो। जितपछि पुलिसले समूहमा कम्तीमा शीर्ष दुई स्थानमा रहेर सेमिफाइनलमा स्थान पक्का ग¥यो। समान दुई खेलमा अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ।
समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ। यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै छ। शनिबार नै भएको पहिलो खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी खेल्यो।
कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यन चौधरीले समान एक गोल गरे। गण्डकीका लागि दीपक तामाङले दुई तथा संगम घर्तिमगरले एक गोल गरे। गण्डकीका दीपक प्लेयर अफ द म्याच भए। गण्डकी र कोसी दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे। तर, बराबरी नतिजापछि आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। समान दुई खेलबाट आर्मी ६ अंक जोड्दै शीर्षमा छ। दुई खेल नै खेलेको कोसीको ४ अंक, गण्डकीको एक अंक र मधेस अंकविहीन छ। अब कोसी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ।
हक्की संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म र राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार नगद पुरस्कार पाउनेछन्।