फुुुनसोलिङ – नेपालको ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बुधबार कालिङपोङको क्लब युनाइटेड ब्रदर्सलाई ३–२ ले निराश पार्दै फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङचुक मेमोरियल गोल्डकप २०१९ मा फाइनल प्रवेश गरेको छ।
थ्री स्टारको जितमा दिनेश राजवंशी, रञ्जन विष्ट र बुद्ध चेमजोङले समान एक गोल गर्दै टोलीलाई उपाधिनजिक पुर्याएका हुन्। युनाइटेडका वशिष्ट सुब्बा र सोनम लेप्चाले समान एक गोल गरे पनि जितका लागि त्यो पर्याप्त भएन।
सोझै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको थ्री स्टारले गत बुधबार भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको थियो भने युनाइटेडले सोमबार भएको अन्तिम क्वार्टरफाइनलमा रोयल एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले निराश पार्दै थ्री स्टारविरुद्धको भेट पक्का गरेको थियो।
पहिलो हाफमा टोलीले खेलमा दबाब राखे पनि दोस्रो हाफमा थ्री स्टारका खेलाडी केही अत्तालिए। जसका कारण जित निकै संघर्षपूर्ण बन्योे।
संघर्षपूर्ण जित निकालेको थ्री स्टारका प्रशिक्षक मेघराज केसीले फाइनलमा अझै सुधारिएको प्रदर्शन गर्ने बताए। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारका लागि २४औं मिनेटमा दिनेशले गोलको खाता खोलेका थिए। सुनील बलको कर्नरलाई हेड गर्दै उनले बललाई जाली चुमाए। त्यसको ४ मिनेटपछि नै रञ्जनले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे।
विदेशी खेलाडी अजय मार्टिन्सको पासलाई सदुपयोग गर्दै उनले खेललाई २–० को अवस्थामा पुर्याए। ३९औं मिनेटमा युनाइटेडका वशिष्टले गोल गर्दै अन्तर कम गरे। पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न केही दबाबमा रहेको थ्री स्टारका लागि खेल सकिन ८ मिनेट बाँकी रहँदा बुद्धले गोल गर्दै भारतीय टोलीविरुद्धको अग्रता फराकिलो पारे। बाँकी समयमा ब्रदर्सले खेलमा फर्किन भरमग्दुर प्रयास गर्यो।
इन्जुरी समयमा सोनमले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन। थ्री स्टारका रक्षक पिटर सेगुनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।
यसअघि खेलको छैटाैं मिनेटमा बुद्धले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा थ्री स्टारले अग्रता लिने मौका गुमाएको थियो। प्रतियोगितामा नेपालको अर्को टोली त्रिभुवन आर्मी क्लब भने मंगलबार पारो एफसीसँग १–० ले निराश हुँदै घर फर्कियो। विजयी थ्री स्टारले अब उपाधिका लागि आर्मीलाई निराश पारेको पारोसँग प्रतिस्पर्धा गर्नेछ।
भुटान, नेपाल र भारतका टोली गरी कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा थ्री स्टार र नेपाल आर्मी क्लबले सोझै क्वार्टरफाइनलमा प्रवेश पाएका थिए। भुटानकै पुरानो प्रतियोगितामध्येको एक जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २००६ पछि अहिले मात्र आयोजना भएको हो।