काठमाडौ, भदौ २७ (नागरिक)- गोलरक्षक किरण चेम्जोङको उच्च प्रदर्शनप्रेरित नबिल थ्री स्टार क्लब भारतको गुहाटीमा जारी ५९औं भारत रत्न लोकप्रिय बोर्डोलोइ ट्रफी फुटबलको फाइनल पुगेको छ।
ललितपुरे टोलीले आइतबार आसाम रेजिमेन्टलाई सडन डेथमा हराएर उपाधिनजिक पुगेको हो।
सडन डेथमा यसै सिजन थ्री स्टारमा आबद्ध बुद्ध चेम्जोङले गोल गरे। सडन डेथसहित गोलरक्षक किरणले आसामको तीन पेनाल्टी रोकेपछि थ्री स्टार १ लाख भारु पुरस्कार राशिको फाइनल पुगेको हो।
त्यसअघि खेल गोलरहित बराबरीमा टुंगिएको थियो। थप ३० मिनेटमा पनि निर्णय नभएपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकर पनि ३-३ को बराबरीपछि खेल सडन डेथमा गएको थियो। टाइब्रेकरमा अनिल ओझा, विजय धिमाल र राजकुमार घिसिङले गोल गरे। रञ्जित श्रेष्ठको प्रहार क्रसबार माथिबाट बाहिरियो भने बिराज महर्जनको प्रहार बारमा लागेर फर्कियो।
तनावपूर्ण खेलमा गोलरक्षक किरणले पहेँलो कार्ड पाएको थ्री स्टारका दोस्रो रोजाइ गोलरक्षक संजीव श्रेष्ठले नागरिकलाई बताए। खेलको ४२औं मिनेटमा आसामका खेलाडीले रक्षक विष्णु सुनुवारलाई हात हालेपछि किरणले ती खेलाडीलाई धक्का दिएका थिए। त्यसपछि रेफ्रीले दुवै खेलाडीलाई पहँेलो कार्ड दिएपछि खेल सुचारु भएको थियो।
थ्री स्टारले अघिल्ला दुवै खेल पनि गोलरहित बराबरी खेलेको थियो। क्लबका पूर्वस्टार अनिल गुरुङको सिलोङ लाजोङले आसाम पुलिसलाई १-० ले हराइसकेको अवस्थामा थ्री स्टार बोर्डोलोइ कपको सेमिफाइनल पुगको थियो।
थ्री स्टारले सेप्टेम्बर १५ मा सिलोङ लाजोङ र बंगलादेशको अवामी लिमिटेडको सोमबारको विजेतासँग फाइनल खेल्नेछ।