उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा गाउँपालिकास्तरीय ‘रौतामाई शैक्षिक सम्मेलन २०८१’ शनिबारदेखि सुरु भएको छ। ‘शैक्षिक गुणस्तरमा सुधार, रौतामाईको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय सिटीहलमा सम्मेलन सुरु भएको हो।
गाउँपालिकाको आयोजना र रौता नमूना माध्यमिक विद्यालय मुर्कुचीको व्यवस्थापनमा सुरु सम्मेलन २ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। गापाका सबै वडामा सञ्चालित विद्यालयहरूको शैक्षिक समस्या पहिचान गरी समाधानको उपाय खुट्याउने उद्देश्यले शैक्षिक सम्मेलन आयोजना गरिएको नमूना माविका प्रधानाध्यापक खड्गबहादुर थापा मगरले बताए।
प्रअ मगरका अनुसार सम्मेलनमा गाउँपालिकाभरिका सामुदायिक विद्यालय र जिल्लाका अगुवा विद्यालयहरू आमन्त्रितका रूपमा सहभागी छन्। विद्यालयहरूले आआफ्नो वडागत समस्या प्रस्तुत गर्ने र समाधान गर्न विज्ञहरूबाट सल्लाह सुझाव लिने कार्यक्रम छ।
कार्यक्रमलाई बहुआयामिक र अर्थपूर्ण बनाउन सोही अवसर पारेर नमूना माविको ६२ औँ वार्षिकोत्सव तथा २१ औँ अविभावक दिवस पनि सँगै आयोजना गरिएको छ। जसमा खाना महोत्सव (फुड फेस्टीबल) तथा गाउँपालिकाको ‘छैठौँ अन्तरविद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ आयोजना गरिएको छ।
गाउँपालिका युवा तथा खेलकुद विकास समितिले मावि मुर्कुचीको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरेको हो। सोही विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि सञ्चालन भइरहेको प्रतियोगितामा भलिबल र एथ्लेटिक्समा प्रतिस्पर्धा भइरहेको छ। फुड फेस्टीबल शनिबार सुरु भएर आईतबारसम्म सञ्चालन हुनेछ।
हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितामा गाउँपालिकाभरिका सामुदायिक तथा सँस्थागत विद्यालयहरूको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बताए।
अभिभावक दिवस अन्तर्गत आइतबार विद्यालयको गतविगत वर्षको शैक्षिक, प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, रक्तदान, साँस्कृतिक कार्यक्रम र विद्यालयलाई योगदान गर्नेहरूलाई सम्मान र पुरस्कार वितरण कार्यक्रम छ। सोही अवसरमा विद्यालयको भावी शैक्षिक योजना तथा अनुमानित आयव्यय (बजेट) पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रअ मगरले बताएका छन्।