कटारी नगरपालिकाले पाँचौ संस्करणको कटारी मेयर गोल्डकप फागुन १० गतेदेखि गर्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ ।
फागुन १० गते सुरु हुने प्रतियोगिता आगामी १७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । कटारी नगरपालिकाको आर्थिक सहयोगमा नगर युवा तथा खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगितामा विदेशीसहित विभिन्न ८ वटा टिमले प्रतिस्पर्धा गर्ने मेयर श्रेष्ठले बताए ।
प्रतियोगिताका लागि अफिसियल छनोटसहितको व्यवस्थापनको काम पनि पूरा भएको छ । प्रतियोगिता सचिवालयका अनुसार भुटानको समसे एफसी क्लब, सुनसरीको एनएसएफ क्लब धरान, च्याम्पियन ब्वाइज काठमाडौँ, एनजे क्लब सिन्धुली, वीरगञ्ज युनाइटेड पर्सा, बागमती एफसी सर्लाही र सहलेश युथ क्लब सिरहासँगै घरेलु टिम कटारी ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक सचिवालयले सोमबार खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार उद्घाटन खेलमा घरेलु टिम कटारी ११ र एनएसएफ क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ ।
नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईका अनुसार गोल्डकप विजेता टिमलाई ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र दिइनेछ । उपविजेताले १ लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने प्रतियोगिताका हरेक दिन म्यान अफ द म्याचलाई ३ हजार नगद पुरस्कार दिइने छ ।
विधागत पुरस्कारतर्पm उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, अनुशासित खेलाडी र उदीयमान खेलाडीले पुरस्कार पाउनेछन् । उनीहरुलाई जनही ५ हजार नगद, कप र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजक अध्यक्ष राईले बताए ।