उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी ‘१०औँ नारद मुनि थुलुङ राई स्मृति गोल्डकप प्रतियोगिता ०८१’को उपाधिका लागि झापा ११ र सलेश युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार भएको दोस्रो सेमिफाईनलमा एभरेष्ट फुटबल क्लब सुनसरीलाई १–० गोलले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो । झापाको जितमा खेलको पाँचौ मिनेटमा प्रदीप बुढाथोकीले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनी म्यान अफ द म्याच समेत भए ।
पहिलो सेमिफाइनलमा सलेशले बागमती फुटबल क्लब सर्लाहीलाई पराजित गर्दै फाईनलमा पुगेको थियो ।
फाइनल मंगलबार हुनेछ ।