नारदमुनि गोल्डकप: झापा ११ को विजयी सुरुवात, घरेलु टिम पराजित
१६ माघ २०८१
•
२ मिनेट पाठ
नारदमुनि गोल्डकप: झापा ११ को विजयी सुरुवात, घरेलु टिम पराजित
उदयपुरको चौदण्डीगढी-४, बसाहामा जारी ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८१’ अन्तर्गत दोस्रो दिन झापा ११ ले घरेलु टोली बसाहा क्लबलाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको छ। बुधबार सम्पन्न खेलमा झापाले १–० गोल अन्तरको जित निकालेको हो।




खेलको एकमात्र निर्णायक गोल पेमा तामाङले गरे। निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि थपिएको दुई मिनेटको इन्ज्युरी समयमा तामाङले गोल गर्दै झापालाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गर्दै नगद ५ हजारसहित ट्रफी प्रदान गरियो।

प्रतियोगिताको तेस्रो दिन बिहीबार सिराहाको सलेश युवा क्लब र मोरङको एलएक्स सिटी क्लब भिड्नेछन्। चौथो दिन (माघ १८) अन्तिम क्वार्टरफाइनल खेल सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लब र सुनसरीको एभरेष्ट फुटबल क्लबबीच हुनेछ।

सेमिफाइनल खेल माघ १९ र २० गते आयोजना हुनेछन् भने फाइनल खेल माघ २२ गते सम्पन्न हुनेछ।

आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईका अनुसार यो उदयपुरकै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता हो। विजेता टिमले ट्रफीसहित ५ लाख नगद प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिनेछ। साथै, प्रतियोगिता अवधिभर ‘बेस्ट प्लेयर’, ‘बेस्ट मिडफिल्डर’, ‘बेस्ट गोलकिपर’ र ‘उदीयमान खेलाडी’ गरी सात विधागत पुरस्कार पनि जनही ५ हजार नगदसहित मेडल प्रदान गरिनेछ।

गत असोज १७ देखि गर्ने तय गरिएको प्रतियोगिता विभिन्न कारणले चार महिना पर धकेलिएको थियो। असोजमा सहभागिता जनाउने तयारी गरेका मोरङको विराट मेघा स्पोर्टिङ एकेडेमी र काठमाडौंको चित्लाङ फुटबल क्लबले प्रतियोगितामा भाग लिन सकेनन्। उनीहरूको स्थानमा मोरङको एलएक्स सिटी क्लब र काठमाडौंको शङ्कटा क्लब समावेश छन्।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा क्रान्ति योद्धा नारदमुनि थुलुङ राईको सम्झनामा बसाहा क्लबले हरेक वर्ष यो गोल्डकप आयोजना गर्दै आएको छ। २०४२/४३ सालताका घना जंगल फाँडेर बसाहा क्षेत्रमा मानव बस्ती बसाल्न नेतृत्व दिएका थुलुङलाई स्थानीयले आदर्श व्यक्तित्वका रूपमा सम्मान गर्छन्।

उनको स्मृतिमा बसाहामा ‘नारद आदर्श शिक्षा क्याम्पस’, ‘नारद आदर्श माध्यमिक विद्यालय’ र ‘रङ्गशाला’ स्थापना गरिएका छन्। गोल्डकप पनि उनकै नाममा समर्पित गर्दै हरेक वर्ष आयोजना गरिँदै आएको छ। जसको यो वर्ष दशौँ संस्करण हो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
२ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
यो पनि पढौँ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस