खोटाङको खोटेहाङ गाउँपालिकामा सम्पन्न छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-०८१ मा भगवती मावि खोटाङ बजार र सिमपानी माविले समान १५–१५ अङ्क हासिल गर्दै रनिङ शिल्ड साझेदारी गरेका छन्।
गाउँपालिकाको प्रायोजनमा भाषा माध्यमिक विद्यालय बडकादियाले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन भएको थियो।
आइतबार आयोजित समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष उदिम राई (मुक्ति) ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, सिल्ड, मेडल, र प्रमाणपत्र वितरण गरे। बराबरीका कारण सिल्ड दुई विद्यालयले ६–६ महिना राख्ने व्यवस्था गरिएको छ भने नगद पुरस्कार पनि आधा–आधा बाँडिएको हो।
प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयका ३३० छात्रछात्रा सहभागी थिए। यसमा भलिबल तथा एथ्लेटिक्सका विभिन्न विधा—रिले दौड, लामो तथा छोटो दूरीको दौड, छेलो, हाईजम्प, र लङजम्प गरी ३६ पदकका लागि प्रतिस्पर्धा गरिएको थियो। भलिबलतर्फ महिला र पुरुष दुवै समूहमा प्रतिस्पर्धा गराइयो।
गाउँपालिकाले ५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १ लाख रुपैयाँ साझेदारीमा प्रतियोगिता सम्पन्न गरेको थियो। प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका थिए।
समापन समारोहमा अध्यक्ष राईले खेलकुदले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरको सिकाइ दिनुका साथै स्वास्थ्य र शारीरिक शिक्षामा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए। उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छात्रछात्राको सर्वाङ्गिन विकासका लागि सरकारले वर्षेनी आयोजना गर्दै आएको छ।
उपलब्धिहरू
खोटाङ जिल्लाका दुई नगरपालिकासहित १० स्थानीय तहमध्ये राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने खोटेहाङ पहिलो गाउँपालिका बनेको छ।
प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले जिल्लास्तर, प्रदेश, र सङ्घीय प्रतियोगितामा सहभागिता जनाउन पाउने खेलकुद शाखा प्रमुख राजकुमार खड्काले जानकारी दिए।

- भलिबल: भगवती दिनानाथ मावि खोटाङ बजारले छात्रतर्फको भलिबलमा सप्तकन्या मावि चिप्रिङलाई २–१ ले हराउँदै विजयी यात्रा सुरु।
- रिलेदौड: छात्रतर्फ १,६०० मिटर दौडमा सिमपानी माविका धिरेन राई प्रथम भए भने विना माविका रुपेश विश्वकर्मा दोस्रो भए।
- छात्रातर्फ दौड: १,००० मिटर दौडमा भाषा माविकी इमा खत्री प्रथम र सिमपानी माविकी सुमित्रा खड्का दोस्रो बने।
- बालक कार्यक्रम: कक्षा १ देखि ५ सम्मका बालबालिकाले नृत्य प्रतियोगिता र कक्षा १ देखि ८ सम्मका विद्यार्थीले भाले जुधाई प्रतियोगितामा भाग लिए।