फाइनलमा आर्मी र एपिएफ
१५ पौष २०७३
•
२ मिनेट पाठ
फाइनलमा आर्मी र एपिएफ
विराटनगर- अनिल मण्डलको अविजित ६२ रन मद्दतमा त्रिभुवन आर्मी क्लबले बिहीबार नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा पुग्यो। आर्मीले स्वर्ण पदकका लागि अब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले पनि मध्यमाञ्चललाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

ओपनर अनिलले ५४ बलमा ६ चौकासहित बनाएको अविजित ६२ र सागर पुनको ५९ रन मद्दतमा आर्मीले १ सय ४५ रनको लक्ष्य ९ बल बाँकी रहँदै २ विकेट गुमाएर पूरा गर्‍यो। ४८ बल खेलेका सागरले ७ चौका र १ छक्का प्रहार गरे। सागर मन्जित श्रेष्ठको बलमा बोल्ड हुँदा ५ रन बनाएका नरेश बुढाऐर दीपेन्द्र ऐरीको बलमा सिद्धान्त लोहनीको हातबाट क्याच भए। राजु रिजाल ६ रनमा अविजित रहे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा १ सय ४४ रन बनाएको थियो। पुलिस क्लबका आसिफ शेखले ३५, ओपनर दिलिपनाथले ३२ रन बनाए। रामनरेश गिरी र सुनिल धमलाले समान १५ रन बनाए। आर्मीका सोमपाल कामीले ३ तथा विक्रम सोब र चन्द्र साउदले २–२ विकेट लिए।

एपिएफको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको मध्यमाञ्चलले टस जितेर १७.५ ओभरमा सबै विकेट गुमाउँदै ६१ रन बनाएको थियो। मध्यमाञ्चलका हरिशंकर शाहले २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपिएफका करण केसी र वसन्त रेग्मीले २/२ विकेट लिए भने पारस खड्का, शक्ति गौचन, भुवन कार्की र यज्ञमान कमालले १/१ विकेट लिए। प्रदीप ऐरीले २४ बलमा ५ चौकासहित ३३ रन बनाएपछि ६२ रनको लक्ष्य एपिएफले ९.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो। मध्यमाञ्चलका रसिद खान र रिजन ढकालले १/१ विकेट लिए।
अर्को समाचार
आर्मी र एपिएफ भिड्ने
१० पौष २०७२
•
२ मिनेट पाठ
आर्मी र एपिएफ भिड्ने
काठमाडौं- आयोजक त्रिभुवन आर्मी र एपिएफ क्लब प्रधानसेनापति कप तेस्रो आमन्त्रित महिला फुटबलको फाइनलमा भिड्ने भएका छन्। शुक्रबार आर्मी मुख्यालय मैदानमा एपिएफले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्योड। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। थपिएको ३० मिनेटभित्र एपिएफकी अनु लामाले गरेको गोल निर्णायक भयो।खेलको १ सय १७ औं मिनेटमा एपिएफकी अनुले गोल गरेकी हुन्। निर्धारित समयमा सावित्रा भण्डारीले तेस्रो मिनेटमा गोल गरेपछि एपिएफले सुरुमै अग्रता लिएको थियो। त्यसलाई पुलिसले खिमकुमारी गुरुङको २१ आंै मिनेटको गोलबाट बराबरीमा ल्याएको हो।

आर्मीले आफ्नै मैदानमा मध्यमाञ्चललाई ४–० ले पराजित गर्योल। आर्मीलाई जित दिलाउँदा दीपासिंह क्षेत्री, अञ्जली वाइबा, शर्मिला थापा र इन्दिरा राईले गोल गरेका थिए। दीपाले १५ औं मिनेटमा दिलाएको अग्रतामा अञ्जलीले ३५, शर्मिलाले ५३ र इन्दिराले ८५ औं मिनेटमा गोल थपेका थिए।

महिला फुटबलमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको फाइनल आइतबार हुनेछ। विजेताले तीन लाख तथा उपविजेताले एक लाख पुरस्कार पाउने छन्। सेमिफाइनलमा पुग्ने दुई टोलीले समान ५० हजार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले एउटा स्कुटर प्राप्त गर्नेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस