एपिएफ र न्यु डायमन्ड फाइनलमा
२९ फागुन २०७३
•
१ मिनेट पाठ
एपिएफ र न्यु डायमन्ड फाइनलमा
काठमाडौं- एपिएफ र न्यु डायमन्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबारको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–११, २५–१५, २५–१८ ले पराजित गर्‍यो।




अर्को सेमिफाइनलमा न्यु डायमन्डले नेपाल पुलिसलाई २५–२१, २५–२७, २५–१५, २५–२३ ले हरायो। घरेलु भलिबलमा डायमन्ड र एपिएफले प्राय धेरै प्रतियोगिताको फाइनलमा भिड्ने गरेका छन। डायमन्डले  एक महिनअघि भएको सशस्त्र प्रहरी महानिरीक्षक भलिबल प्रतियोगिताको फाइनलमा एपिएफलाई हराउँदै उपाधि जितेको थियो। त्यसयता डायमन्ड र एपिएफ फाइनलमा भिडेका थिएनन्। एपिएफ एक साताअघि नेपालगन्जमा भएको चौथो प्रधानमन्त्री कप महिला भलिबलको फाइनल पनि भारतीय रेलवे टिमसँग पराजित भएको थियो।

पछिल्ला प्रतियोगितामा बेहोरेको हारलाई बिर्सने लक्ष्यसहित एपिएफ पर्वत पुगेको छ। शनिबारै प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि आर्मी र पुलिसबीचको खेल वर्षाका कारण हुन सकेन।
अर्को समाचार
न्यु डायमन्ड र एपिएफ भिड्ने
२९ भदौ २०७२
•
४ मिनेट पाठ
न्यु डायमन्ड र एपिएफ भिड्ने
काठमाडौं– न्यु डायमन्ड एकेडेमी र एपिएफ तेस्रोपल्ट चौथो नवआदर्श कप राष्ट्रिय महिला भलिबलको फाइनलमा भिड्दैछन्। पोखराको लामाचौरमा दुईपटक फाइनल खेल्दा डायमन्डले दुवैमा सफलता पाएको थियो।




मंगलबार साबिक विजेता डायमन्ड घरेलु टोली पश्चिमाञ्चललाई सोझो सेटमा पराजित गर्दै उपाधि ह्याटि्रकको नजिक पुगेको छ। डायमन्डले २५–५, २७–२५, २७–२५ को सेटमा विजय पायो। डायमन्डकी कप्तान एवंक्विस स्पाइकर ललिता नाथ वुमन अफ द म्याचबाट पुरस्कृत भइन्।

डायमन्डका प्रशिक्षक कुमार राईले टोली नयाँ उपलब्धि नजिक पुगेको बताए। उनले भने, 'टोलीले आज सुधारिएको प्रदर्शन गर्यौंक। सर्भिस, डिफेन्स र एट्याकिङ सफल भयो। आजको प्रदर्शनबाट सन्तुष्ट छु। प्रतिभा लगायत अरुले स्पाइकबाट अंक लिए। त्यसले हामीलाई खेल जित्न सहयोग गर्योट।'

कप्तान ललिताले पश्चिमाञ्चल र एपिएफसँग खेल्दा कठिन हुने गरेको बताइन्। उनले भनिन्, 'आर्मीलाई हराउन हामीलाई गाह्रो भएको थिएन। पश्चिमाञ्चल र एपिएफ सेट टिम हो। उनीहरूको ब्लक राम्रो छ। तर, हामीले टिम स्पिरिटमा खेल्न सके फाइनल जित्न सक्छौं।'

आफ्नो टोली विगतभन्दा थप बलियो भएको उनले बताइन्। 'हाम्रो टोली थप बलियो भएको छ। पहिला हाम्रो डिफेन्समा एकरुपता थिएन। अहिलेे डिफेन्स हाम्रो बलियो पक्ष हो। जुनियर खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। त्यसले आत्मविश्वास बलियो बनाएको छ,' उनले भनिन्।

मंगलबारै अर्को सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१४, २५–१५ को सोझो सेटमा हरायो। आर्मीकी सृजना राई वुमन अफ द म्याच भइन्। आर्मी यस वर्ष एपिएफका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठको नेतृत्वमा खेलिरहेको छ। एपिएफकी कप्तान निमा श्रेष्ठ पनि आर्मीसँग आबद्ध भएकी छन्। उनले पूर्व क्लबविरुद्ध मंगलबार खेलिन्।

एपिएफका नयाँ प्रशिक्षक ज्ञानेन्द्र विष्टले फाइनल आफ्नो टोलीले जित्ने दाबी गरे। 'सधँै उस्तै नतिजा दोहोरिँदैन। मैले अहिले मात्र मुख्य प्रशिक्षकका रूपमा नेतृत्व गरेको छु। तर, टिममा लामो समयदेखि काम गरेको छु। हाम्रो टोलीमा अनुभव र क्षमतावान खेलाडी छन्। उनीहरूले स्वाभाविक प्रदर्शन गर्न सके फाइनल जित्न सक्छौं।'

एपिएफकी मुख्य स्पाइकर नेबिका चौधरी अहिले टोलीमा छैनन्। राष्ट्रिय टोलीको पहिलो रोजाइकी ओपन स्पाइकर नेबिका ढाडको नसा च्यापिएका कारण चार महिनायता आराम गरिरहेको प्रशिक्षक विष्टले बताए। टिमको खेलाडीको पोजिसनमा विष्टले केही परिवर्तन गरेका छन्। नेबिकाको स्थानमा रेश्मा भण्डारीले खेल्छिन्। क्विक स्पाइकर सरस्वती चौधरीले ओपन स्पाइकरमा खेलेकी छन्। क्विक स्पाइकरको पोजिसनबाट उषा विष्ट र चन्द्रा रानाले खेलिरहेका छन्।

आर्मीकी रमिला तण्डुकारले पहिलो प्रतियोगिता खेलेकाले टोलीको समन्वय मिल्न नसकेको बताइन्। उनले भनिन्, 'हाम्रो टोलीमा सेटर अभाव छ। सेटर नहुँदा स्पाइकर मनीषा तामाङले त्यो पोजिसनबाट खेल्नुपरेको छ। टिममा नयाँ खेलाडी छन्। उनीहरूमा अनुभवको कमी छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस