चितवन- सशस्त्र प्रहरीको एपिएफ क्लबले पटिहानीमा भएको खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले बुधबार सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो। एपिएफले २५–१९, १५–२५, २५–१६, २५–१८ ले सेट आफ्नो पक्षमा पारेको हो। दोस्रो सेट गुमाएको एपिएफले तेस्रोबाट खेलमा पुनरागमन गर्दै उपाधि कब्जा गर्यो।एपिएफले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्यो। आर्मीले १ लाख पायो। तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार र चौथो भएको पश्चिमाञ्चल भलिबल टिमले २५ हजार रुपैयाँ पुरस्कार पाए। पुलिसले पश्चिमाञ्चललाई २५–२३, २५–१०, २५–१५ ले हराउँदै तेस्रो स्थान हासिल गरेको हो।
उत्कृष्ट प्रदर्शन गरेका एपिएफकै सुरेश थारु सर्वोत्कृष्ट खेलाडी भए। उनले २५ हजार पुरस्कार पाए। विधागत उत्कृष्टतर्फ स्पाइकमा आर्मीका मानबहादुर श्रेष्ठ, ब्लकमा एपिएफका महेन्द्र श्रेष्ठ, सेटरमा आर्मीका हरिहजुर थापा, सर्भरमा पुलिसका ध्रुव पौडेल र लिबेरोमा एपिएफका पुष्पजंग मल्ल पुरस्कृत भएका थिए। उत्कृष्ट सबैले ५–५ हजार पुरस्कार पाए।
विजेता खेलाडीलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरे। पद्मोदय युवा क्लबले २०३६ सालदेखि आयोजना गर्दै आएको प्रतियोगिता यसपालिबाट राष्ट्रियस्तरको बनाइएको क्लबका अध्यक्ष रामहरि सेढाईंले बताए। प्रतियोगितामा ८ टोली सहभागी थिए।