विराटनगर– मोरङको कोशीहरैचा र सुन्दरदुलारी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १८५७ नम्बरको बसले कोशीहरैचा–१ मा ना २२ प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार भोजपुर होमताङ–६ बस्ने २८ वर्Èीया बिमला राईको मृत्यु भएको छ। मोटरसाइकल चालकको नामथर खुल्न सकेको छैन। बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस तथा चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
यस्तै, सुन्दरदुलारी–१० मा स्कुटी र ठेलागाडा एक–आपसमा ठोक्किँदा को १८ प २२७४ नम्बरको स्कुटीमा सवार इटहरी–३ बस्ने २२ वर्Èीय सोम राजवंशी, सोही स्थान बस्ने १५ वर्षीय कन्हैया गुप्ता र ठेला चालक खनार–२ बस्ने ६० वर्षीय कुसाही चौधरी घाइते भएका छन्। स्कुटीले अगाडि रहेको ट्रिपरलाई ओभरटेक गर्न खोज्दा विपरित दिशाको ठेलागाडासँग ठोक्किएको थियो।