उदयपुर–होली मनाएर फर्केका तीन युवा सवार मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। गाईघाट–कदमाहा सडक खण्डको त्रियुगा नगरपालिका–८ स्थित बगाहाचौकमा बुधबार राति दुर्घटनामा पर्दा त्रिनपा ३ पुरानो गाईघाटका मोटरसाईकल चालक १६ वर्षीय छोटु साह र सोही ठाँउका १६ वर्षकै कुन्दन साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी अर्का सवार १५ वर्षीय विजय साह गम्भीर घाइते भएका छन्। उनीहरु तीनै जना त्रियुगा नगरपालिका–११ जलजलेस्थित साथीसँग होली रमाइलो गरेर बा २१ प ८४७नम्बरको मोटरसाईकलमा फर्कदै गर्दा बगाहास्थित घुम्ती कल्भर्टको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी निरीक्षक डिल्ली चौहानले बताए। राति १० बजे भएको दुर्घटनाबारे तीनैजना बेहोस भएको गाउँलेले निकैबेर पछि मात्र थाहा पाएर प्रहरीलाई खवर गरेका थिए।
दुर्घटनालगत्तै उपचार गर्न नपाएका कारण अत्याधिक रक्तश्रावले अन्तिम अवस्थामा पुगेका उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको इन्सपेक्टर चौहानले बताए। घुम्तीमोडमा नमोडी लगेका कारण दुर्घटनामा परेर कल्भर्ट मुनि खसेको यामाहा कम्पनीको एफजेड मोटरसाइकल क्षत विक्षत भएको छ। प्रहरीले दुर्घटना हुनुको कारण नखुले पनि एउटै मोटरसाईकलमा तीनजना सवार तथा होली परेकाले मादकपदार्थ (भाङ) खाएकाले भएको हुनसक्ने अनुमान गरेको छ। घाईते विजयको जिल्ला अस्पतालमै उपचार भइरहेको छ