काठमाडौँ-ओखलढुंगा च्यानमा–१ बस्ने हर्क बहादुर राईको ६ बर्षीया छोरी अनिता राईको चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई इलाका उप–स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।चट्याङले लागेर सोही ठाउँ बस्ने नर बहादुर कटुवाल समेत सामान्य घाइते भएका छन्।
धादिङमा पिन हावाहुरीसँगै परेको चट्याङ लागेर मंगलबार मैदी गाविस–१ बस्ने ४५ बर्षीय मुक्त बहादुर तुम सिंह सहित ७ जना घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ। घाइते मध्ये १ जनालाई थप उपचारको लागि काठमाडौँतर्फ लगिएको छ।