गुल्मी–पौँदीअमराई गाविसमा चट्याङ लागेर महिलाको मृत्यु भएको छ। पौँदीअमराई–८ की ४८ वर्षीया धनि पाठकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठका अनुसार आइतबार राति वर्षासँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी पाठकको पौँदीअमराई उपस्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै नयाँगाउँ गाविसमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन्।
नयाँगाउँ गाविस–२ की ५५ वर्षीया पवित्रा जिसी आइतबार साँझ परेको चट्याङले लागेर गम्भीर घाइते भएको स्थानीय व्यापारी नारायण जिसीले जानकारी दिए। यस्तै चट्याङले लागेर अर्लाङकोट–७ निवासी सविना खरेल गम्भीर घाइते भएकी स्थानीय शिक्षक बुद्धिमणि खरेलले जानकारी दिए।