रौतहट–रौतहट र बारा जिल्लाको छुटाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी दुइजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको चन्दपुर नगरपालीका ६ जंगलमा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मकवानपुर धियाल गाविस –९का ३२ वर्षीय सोनमान बलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
बलसँगै मोटरसाइकलमा पछाडि बसेका ३२ वर्षीय चन्द्रमान स्याङतान गम्भीर घाइते छन्। उनलाई चन्द्रनिगाहपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
महोत्तरीको बर्दिबासबाट यात्रु बोकेर राजधानीतर्फ जाँदै गरेको ना ५ख १४४१ नम्बरको रात्री बसले निजगढबाट सर्लाहीको बागमतीतर्फ जाँदै गरेको ना १५प ६२२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इप्रका चन्द्रनिगाहपुरका डिएसपि मनोज यादवले बताए। राजमार्गमा बाक्लो हुस्सु लागेका कारण एक अर्कालाई नदेखेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान
छ। मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। यसैगरी बाराको गढिमाई नगरपालिका–३ बजनीटोलमा सञ्चालीत साखःटोरस्टिल उद्योग अगाडि सडकमा बिहीबार बिहान पिकअप र मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना हुदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
बिहान करिब ६ बजे सिमराबाट वीरगन्जतर्फ जादैगरेकोे बा १० च २०६३ नम्बरको
को पिकअप जिप र विपरीत दिशाबाट आइरहेको ना २ प ६०९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक बारा रामपुरटोकनी–३ बस्ने ३५ वर्षीय रमेश साहको ज्यान गएको छ । ठक्कर लागेर गम्भिर घाइते भएका साहको वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।