रत्ननगर-चितवनको दारेचोक गाविसमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अर्का दुईजना गम्भीर घाइते भएका छन्।बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी चितवन भरतपुर–९ का ३० वर्षीय राजु श्रेष्ठ र भरतपुर–२ क्षेत्रपुरका हासन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ५१२८ नम्बरको ट्रकसँगै विपरीत दिशाबाट आइरहेको ना ९ प४१४० तथा बा ५१ प २५८० नम्बरको मोटरसाइकल दारेचोक–४ मा ठोक्किँदा सो दुर्घटना भएको हो। रासस