कलैया- करेन्ट लागेर बारा महागढीमाई नगरपालिका–८ मा आज एक युवकको मृत्यु भएको छ ।वीरयापुर बस्ने २४ वर्षीय असलम मीया नेटुवाको दिउँसो अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए। सोही स्थान बस्ने रामबाबु साहको निर्माण गरिएको घरमा प्लास्टर गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो । रासस
अर्को समाचार
करेन्ट लागेर एक युवकको मृत्यु
अर्को समाचार
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
फाइल।
माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर स्थानीय २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेको उपरीक्षक खाँणले जानकारी दिए।