भीमदत्तनगर–अछामका एक युवकको भारतमा करेन्ट लागेर आज मृत्यु भएको छ। कामको सिलसिलामा भारत पुगेका अछाम हिम्चा गाविस–५ का २२ वर्षीय बिरु नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।भारतको हैदरावादमा काम गर्दै आएका नेपालीको पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए। रासस
अर्को समाचार
भारतमा नेपाली मजदुरको मृत्यु
अर्को समाचार
भारतमा पर्खाल भत्किँदा चार नेपाली मजदुरको मृत्यु
जाजरकोट- भारतको हिमाञ्चल प्रदेशअन्तर्गत किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ।विद्युत् पावरहाउसको माथिल्लो भागको पर्खाल भत्किँदा जाजरकोट डाँडागाउँ–३ चिउरीका २२ वर्षीय पृथ्वी चनारा र १९ वर्षीय मनबहादुर चनारा असार १९ गने मृत अवस्थामा फेला परेका थिए भने शनिबार थप दुईजनाको शव फेला परेको हो। १७ वर्षीय कविराज चनारा र १८ वर्षीय ज्वाला चनाराको शव शनिबार फेला परेको हो।
पावरहाउसको जग पुर्ने क्रममा माथि सडक भत्किएपछि एक्कासि आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताए।
मृतकहरू एउटै गाउँका दाजुभाइ हुन् र उनीहरू भारतको आस्था कम्पनीमार्फत गत जेठको पहिलो सातादेखि विद्युत् पावरहाउसमा मजदुरी गर्दै आएका थिए।

यो पनि पढौँ
ट्रेन्डिङ