झापा-स्थानीयबासीको बन्दविरोधी प्रतिबद्धताका कारण जुनसुकै राजनीतिक दलले आह्वान गरेको जतिसुकै कडा बन्द–हड्तालमा पनि झापाको सुरुंगा बजार खुल्लै रहने गरेको छ। कन्काई नगरपालिकामा पर्ने यो बजारले नौ वर्षयताका सबैथरी बन्द अवज्ञा गर्दै आएको छ।‘सर्वसाधारण आफैं जागरुक बनेर बन्दको विपक्षमा उभिइदिएपछि कसैको केही जोर नचल्दो रहेछ,' झापा उद्योग वाणिज्य संघ, सुरुंगा शाखाका अध्यक्ष युवराज संग्रौलाले नागरिकसँग भने, ‘नेपालमा सबैभन्दा धेरै र कडा बन्द भएको यही नौ वर्ष अवधिमा हो। सुरुंगामा भने ती सबै बन्दको जोडदार अवज्ञा भएको छ। यो स्थानीयबासीको प्रतिबद्धताकै परिणाम हो।'
उनका अनुसार २०६३ यता बजारमा बन्दविरोधी चेत बलियोसँग स्थापित भएको छ। कुनै पनि बन्दकर्ताले अचेल सुरुंगा बन्द गराउने आँट गर्दैनन्। बरु बन्द गर्न दबाब दिँदै आउने समूहलाई यहाँका स्थानीयबासीले लखेटेका दर्जनौं उदाहरण छन्। यसपटक पनि यो सहरले आफ्नो छवि कायम राख्दै विपक्षी मोर्चाको बन्द लत्याएको छ।
२०६२/६३ को जनआन्दोलनलगत्तै उठेको मधेस विद्रोह, पूर्वमा कसिलो रूपमा चलेको लिम्बूवान आन्दोलन, कोचिला आन्दोलन मात्र होइन, मुख्य दल र तिनका भ्रातृ संस्थाका बन्दमा पनि बजार खुल्लै रह्यो। त्यही आडमा सुरुंगाले बन्दविरोधी सहरको पहिचान बनाएको हो।
‘नेपाल बन्दमा खुल्लै हुने ठाउँ कुन हो भनेर हाजिरीजवाफमा सोधिन्छ,' स्थानीय शिक्षक राम निरौलाले भने, ‘केटाकेटी निर्धक्क आफ्नै ठाउँको नाम भन्छन्।' यसले नयाँ पुस्तामा पनि बन्दविरोधी भावना जगाएको उनको भनाइ छ।
यही क्रममा ३० दलीय मोर्चाले सोमबार गरेको ‘कोचिला क्षेत्र' बन्दमा सुरुंगा खुल्लै रह्यो। अघिल्लो दिन ‘लिम्बूवान' बन्दले पनि छुन सकेन। बजार, स्कुल, कलेज निर्वाध चले। जिल्लाका अन्य ठूला सहर सुनसान हुँदा पनि यो सानो बजार दिनैभरि खुल्लै थियो। ‘बन्दमा अन्यत्र जान नपाउनेका लागि सुरुंगामा त्यही दिन सपिङ चल्छ,' स्थानीय कपडा व्यवसायीको अनुभव छ, ‘स्थानीय ग्राहक बन्दकै बेला बढी आउँछन्।'
‘अब सुरुंगाबासीका अगाडि आफ्नो केही नलाग्ने सबै बन्दकर्ताले बुझेका छन्,' स्थानीय व्यवसायी रामकुमार राईले भने, ‘सुरुसुरुमा बन्द गर्न दबाब दिन आउनेहरू अचेल देखै पर्दैनन्।'
सोमबारको ‘कोचिला बन्द' सफल पार्न अधिकांश दलका जिल्लास्तरीय नेता सडकमा ओर्लिएका थिए। मोटरसाइकलमा जिल्लैभरि परिचालित ती नेतामध्ये एकीकृत माओवादीका सिपी कडरिया एउटा समूह लिएर दिउँसो सुरुंगा बजार पुगेका थिए। उनले त्यहाँ कसैलाई ‘पसल बन्द गर्नुस्' भन्न सकेनन्।
‘तपाईंहरूको अभियानै अलग छ, यसलाई हामी बुझ्छौं भनेर उहाँहरू फर्किनुभयो,' उद्योग वाणिज्य संघका अध्यक्ष संग्रौलाले भने, ‘वैद्य माओवादीका जिल्ला नेता पनि आउनुभएको थियो। उहाँहरूले पनि दबाब दिनुभएन।'
सुरुंगाबासीको बन्दविरोधी अभियान २०६३ वैशाख ११ पछि सुरु भएको हो। त्यसबेला लगातारको बन्द–हड्तालले आजित सुरुंगाबासीले सर्वपक्षीय भेला आयोजना गरे। उद्योग वाणिज्य संघको अगुवाइमा भएको भेलाले बजारमा ‘बन्द निषेध' गर्ने निर्णय लियो। यो कदममा विभिन्न दलका स्थानीय नेताले पनि साथ दिने बचन दिए। उनीहरू आफ्नो प्रतिबद्धतामा यति दृढ बने, आफ्नै दलले आह्वान गरेको बन्द पनि अवज्ञा गर्ने हिम्मत देखाए।
‘सुरुंगामा बन्दविरोधी अभियान सफल हुनुको मुख्य कारण यही हो,' कांग्रेस नेता नेत्र चिमरियाले भने, ‘हामी सबै दलका साथीहरू यसमा अडिग छौं।'
केही वर्षअघि कांग्रेसको भ्रातृ संस्था तरुण दलका तत्कालीन चितवन जिल्ला सभापतिको हत्याको विरोधमा नेपाल बन्द आह्वान गरिएको थियो। कांग्रेस नेताहरू बन्द सफल पार्न खटिएका थिए। तत्कालीन सुरुंगा गाउँ सभापति रहेका चिमरियाले भने बन्द गर्नुको साटो पार्टी सभापतिबाटै राजीनामा दिए।
‘आफ्नै गाउँका जनतासामु गरेको प्रतिबद्धता मैले बिर्सन सकिनँ,' उनको जवाफ थियो, ‘छिमेकीलाई सास्ती दिएर मलाई नेता हुनु छैन।' उनको दृढतासामु पार्टीलाई पनि झुक्न कर लाग्यो। पार्टीले उनको राजीनामा स्वीकृत गर्न सकेन। बजार बन्द पनि भएन, चिमरियाको पद पनि गएन।
यहाँको बन्दविरोधी अभियानले बन्दकर्ता नै झुक्न बाध्य भएका उदाहरण बग्रेल्ती छन्। अन्यत्र धम्क्याउँदै बन्द गर्न लगाउनेहरू यहाँ भने अनुनय गर्छन्। ३० दलीय संयुक्त मोर्चाले पनि सोमबारको बन्दमा ‘सहयोग पुर्यादउन' सुरुंगालाई पत्र पठाएको थियो। आइतबार सर्वदलीय बैठकमा यसबारे छलफल भयो। सुरुंगाको पहिचानै बन्दमुक्त भएकाले यसमा कसैले हस्तक्षेप गर्न नहुने भन्दै बैठकले बन्द नगर्ने निर्णय कायम राख्यो।
‘यो दलहरूको विपक्षमा चलेको अभियान होइन,' सुरुंगाबासी एकै स्वरमा भन्छन्, ‘यो बन्दको विरोध र बजारको प्रगतिको पक्षमा चालिएको कदम हो।'
सुरुंगाकै सिको गरेर छिमेकी बजार लक्ष्मीपुर र दुर्गापुरमा पनि बन्द अवज्ञा हुन थालेको छ। अन्यत्र पनि यसको प्रभाव विस्तार हुँदैछ। सोमबार मात्रै झापा सदरमुकामका बासिन्दा बन्दविरुद्ध ओर्लिएपछि बन्दकर्ताको भागाभाग भयो। बजार बन्द गराउन भद्रपुरबाट चन्द्रगढी बजार क्षेत्र प्रवेश गरेका विभिन्न दलका कार्यकर्तालाई स्थानीयले लखेटेका थिए। यसले चन्दग्रढी क्षेत्रको बजार स्वतस्फुर्त रूपमा खुल्यो।