दैलेखमा लागूऔषधसहित तीन जना पक्राउ गरेका छन्। दैलेख प्रहरीले सोमवार राती साढे ११ बजे लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले विशेष सुराकीको आधारमा नारायण नगरपालिका १ पुरानो बसपार्कबाट उनीहरुलार्ई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बर्दिया बासँगढी नगरपालिका २ बस्ने २७ वर्षका विक्रम मल्ल, कोहलपुर नगरपालिका १० बस्ने २३ वर्षका गणेश केसी र सोही ठाउँमा बस्ने अर्का हेमन्त साउँद रहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।
उनीहरुको साथबाट खैरो हेरोईन जस्तो देखिने धुलो ६ सय ९० एमजी र प्रमाण लाग्ने अन्य सामानहरु उनीहरुको साथबाट सफत गरिएको जनाईएको छ। जिल्ला अदालत दैलेखबाट थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ।
दैलेखमा लागूऔषधको कारोवार हुने गरेको सुचना प्रहरीलाई आउन थालेपछि शंकास्पद व्यक्तिहमाथि प्रहरीले निगरानी बढाएपछि प्रहरीलाई यो सफलता मिलेको हो।