जनकपुरबाट लागूऔषधसहित दुईजना पक्राउ परेको छ। बिहीबार जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापा चौकबाट उनीहरूलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको खडक नगरपालिका-८ खोजपुर बस्ने २४ वर्षीय रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका-२ वस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेन रहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रबक्ता प्रदिप बहादुर क्षेत्रीले बताए।
प्रहरीका अनुसार जनकपुरको थापा चाेकबाट वेल्ही जाने भित्री सडकमा उनी हिडिरहेको अवस्थामा प्रहरीलाई शंका लागेपछि रोकेर सोधपुछ गर्ने क्रममा ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम समेत फेला परेको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध मुद्दा शिर्षकमा म्यादथप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।