ठूलो परिमाणको लागूऔषधसहित ७ जना पक्राउ
१९ चैत्र २०८१
•
१ मिनेट पाठ
ठूलो परिमाणको लागूऔषधसहित ७ जना पक्राउ
बरामद ट्याब्लेट, नगद, मोबाइल। तस्बिर: महेश्वर
जिल्लाको पश्चिमी व्यापारिक केन्द्र कटारी बजारबाट ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले मङ्गलबार कटारी नगरपालिका ४ कान्छी बजारबाट लागूऔषध र नगदसहित पक्राउ पर्ने ७ मध्ये एक जना किशोरी पनि छिन्।




प्रहरीले कटारी नगरपालिका ७ बस्ने वर्ष २९ का हरिबहादुर तामाङ, कटारी ८ बस्ने वर्ष १९ का भक्तबहादुर तामाङ, सोही वडाका वर्ष २५ का सोमकृष्ण राईलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै कटारी ४ का २३ वर्षीय अनमोल मगर, ४ कै २० वर्षकी आरती राउत, सोही वडा बस्ने वर्ष २३ का सरदकुमार सुनुवार र ४ कै १९ वर्षीय बिक्रम साशंकार रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले  ट्रुपन ट्याब्लेट ४ हजार ४ सय ३१ थान, स्पासपेन ५, हजार ९ सय १२ र  टेपेन्ट्रा लागूऔषध गरी जम्मा १० हजार ४ सय ६३ ट्याबलेट बरामद गरेको छ। त्यसैगरी १ सय ग्राम प्रतिबन्धित गाँजा तथा नगद २ लाख ४७ हजार ७ सय २० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन्।

डिएसपी दोङका अनुसार उनीहरू सवार  प्र १-०५-००१ प ७६०२ नं. को २२० सिसीको. कालो रातो रंगको पल्सर मोटरसाइकल र प्र १-०५-००१ प ७४९७ नं. को २०० सिसीको कालो फुस्रो रंगको एनएस मोटरसाइकल तथा ६ वटा मोबाइल पनि बरामद भएको छ।

कटारी कान्छी बजारमा प्रतिबन्धित लागूऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको भन्ने सूचना प्राप्त भएपछि इप्रका कटारीले प्रहरी निरीक्षक भीमलाल ओलीको कमाण्डमा टोली खटाउँदा सो समूह पक्राउ परेको हो। लागूऔषध सेवन तथा कारोबारमा संलग्न ७ जना व्यक्ति, नियन्त्रित तथा प्रतिबन्धित लागूऔषध, नगद, मोटरसाइकल र मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ।

पक्राउ परेका ७ जना व्यक्तिविरुद्ध थप अनुसन्धानका लागि बुधबार अदालतबाट म्याद लिने तयारी भइरहेको छ।
अर्को समाचार
हेटौंडाबाट लागूऔषधसहित तीन भारतीय पक्राउ
११ असार २०८२
•
१ मिनेट पाठ
हेटौंडाबाट लागूऔषधसहित तीन भारतीय पक्राउ
मकवानपुर प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।




उनीहरूलाई हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान ६ बजेतिर सवारी साधन जाँच गर्ने क्रममा भारतको मोतीहारीबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय कारलाई रोकेर जाँच गरेको थियो।

कारमा सवार व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले विस्तृत खानतलासी गरेको थियो। खानतलासीका क्रममा कारको सिटमुनि र पछाडिको डिकीमा चलाखीपूर्वक फल्स बटम बनाएर लुकाइराखेको अवस्थामा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले कारबाट २५,४५५ क्याप्सुल ट्रामाडोल र १२० बोतल ओनेरेक्स बरामद गरेको हो।

पक्राउ पर्नेमा कार चालक भारत बिहार राज्य मोतीहारी जिल्लाका २६ वर्षीय उपेन्द्र यादव, सोही कारमा सवार २२ वर्षीय सञ्जित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन्।

प्रहरीले लागूऔषध र कार बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस