चितवन- चितवन प्रहरीले पर्यटकीय क्षेत्र सौराहामा होटलमा बसेर जुवा खेल्दै गरेका २१ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट आठ लाख रुपैयाँ नगद पनि बरामद भएको चितवन प्रहरीले जानकारी दियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शान्तिराज कोइरलाका अनुसार शनिबार मध्यरातमा उनीहरु सौराहाको होटल हर्मिटेजबाट पक्राउ परेका हुन्।
होटल सञ्चालकसहित सौराहाका अन्य होटल व्यवसायी र विदेशबाट फर्केका युवाहरु जुवा खेल्दै गरेको सूचना पाएपछि प्रहरी गएर पक्राउ गरेको डीएसपी कोइरलाले बताए। उनीहरुलाई जुवा ऐनअनुसार कारबाही हुने उनको भनाइ छ।