गौशाला-महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा गएराति दुईजनाको शव फेला परेको छ। जलेश्वर नगरपालिका–१२ स्थित रातो खोलामा बगाएर ल्याएको अवस्थामा अन्दाजी ५० वर्षीया मुस्लिम समुदायकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।नाम, थर, वतन नखुलेको रातो ब्लाउज र हरियो पाइजामा लगाएकी कालो वर्णकी ती महिलाको शव नेपाल–भारत सिमानामा पर्ने रातो खोलामा डुबेर मरेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए।
त्यस्तै गएराति नै जिल्लाको एकडारा बेला गाविस–२ स्थित पोखरीमा पनि एक व्यक्तिको शव डुबेर मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
एकडाराबेला–५ बस्ने ३० वर्षीय बबलु भण्डारी पोखरीमा भैंसीलाई नुहाउन जाँदा पानीभित्रै छारे रोगले भेटेपछि उनको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए।
दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस