चितवन—नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा बगेर वेपत्ता भएकामध्ये एकजना प्रहरीको शब आइतबार फेला परेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी चढ्ने गाडी गएको बिहीबार मध्यरातमा सो सडक खण्डको कालिखोलाको पहिरोमा परेको थियो।
भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शब शुक्रबार बिहानै फेला परेको थियो।
हराइरहेका मध्ये प्रहरी जवान लिलबहादुर चेपाङ नवलपरासी रजहर कुदौली नजिकको नारायणी नदी भंगालोमा आइतबार दिउँसो सवा तीन बजे भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। वेपत्ता प्रहरी जवान सन्दिप कार्कीबारेमा अझै केही जानकारी प्राप्त भएको छैन। ना १ झ १३९० नम्बरको प्रहरी भ्यन पनि हराइ रहेको छ।
भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक (असई) निश्चल तमाङको नेतृतव्मा चारजना प्रहरी थिए। असई तमाङ र अर्का प्रहरी जवान दिपक मास्केको शब पहिरो गएको ठाउँभन्दा तल त्रिशुली नदी किनारमा शुक्रबार बिहान फेला परेको थियो।
बिहीबार राति चार किलोमा पहिरो गएको सुचना पाएपछि त्यहाँ पुगेर एकतर्फी गाडी खुलेपछि फर्कदै गरेका प्रहरीहरु कालिखोलाको पहिरोमा परेका थिए।
इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी चढ्ने गाडी गएको बिहीबार मध्यरातमा सो सडक खण्डको कालिखोलाको पहिरोमा परेको थियो।