काठमाडौं-गुल्मीका लोकेन्द्र पराजुली मदक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा गत भदौ १६ मा महाराजगन्जमा पक्राउ परे। ट्राफिक प्रहरीले उनको ०६१५८२०२ नम्बरको लाइसेन्स लियो, प्वाल पायो। तर उनी उक्त लाइसेन्स लिन ट्राफिककहाँ गएनन्।मापसे चेकजाँचकै क्रममा उनी त्यसको ठीक १० दिनपछि पुनः नयाँ बसपार्कमा समातिए। उनले पुनः गोजीबाट प्वाल नपारेको लाइसेन्स निकालेर प्रहरीलाई दिए। मापसे कारबाहीका लागि पराजुलीको लाइसेन्स महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेपछि उनले एउटै नम्बरका दुई वटा लाइसेन्स बोकेको रहस्य खुल्यो। उनले २०६६ माघ ६ मा ०६–१५८२०२ नम्बरको लाइसेन्स लिएका थिए।
मापसे चेकजाँचकै क्रममा गत कात्तिक १३ गते धनुषाका अमर सुवेदी कारबाहीमा परे। ट्राफिकले उनको लाइसेन्स लिएर प्वाल पायो। उनी दोस्रो पटक गौशालामा गत माघ १६ गते मापसे गरेर सवारी चलाइरहेको अवस्थामा पुनः ट्राफिकको फन्दामा परे। ट्राफिकले उनको लाइसेन्स पुनः लियो। महाशाखामा आएपछि ट्राफिकले थाहा पायो, उनको पनि एउटै नम्बरका दुई लाइसेन्स रहेछन्।
पराजुली र सुवेदीमात्र होइन, ट्राफिकले वैशाख दोस्रो सातासम्म दुई वटा लाइसेन्स बोकेका २८ जनालाई पक्रिसकेको छ। पक्राउ परेकालाई ट्राफिकले किर्ते गरेको र सार्वजनिक मुद्दामा महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ। प्रहरीले उनीहरुविरुद्ध थप अनुसन्धान सुरु गरिसकेको छ।
एकै व्यक्तिले दुई वटा लाइसेन्स लिनु गैरकानुनी हो। नियमअनुसार कसैको लाइसेन्स हराए उसले प्रतिलिपि लिन पाउँछ। प्रतिलिपि बनाउन ट्राफिक प्रहरीको सिफारिस चाहिन्छ। तर, दुई वटा लाइसेन्स लिनेहरुले यातायात व्यवस्था कार्यालयमार्फत सिफारिसबिना नै प्रतिलिपि बनाउने गरेकोसमेत अनुसन्धानबाट खुलेको छ।
ट्राफिकले हाल पक्राउ गरेकामध्ये अधिकांशले चिनजान र भनसुनका आधारमा मापसे कारबाही छल्नका लागि दुई वटा लाइसेन्स बनाएको बताएका छन्। ट्राफिकको अनुसन्धानक्रममा पनि पक्राउमा परेकाहरुले मापसेमा पहिलो पटक प्वाल परेको लाइसेन्स लिन जानुको सट्टा अर्को प्रतिलिपि बनाउन गएको बताएका छन्।
एकै व्यक्तिसँग दुई लाइसेन्स फेला पर्ने क्रम बढ्दै गएपछि ट्राफिकले अनुसन्धानलाई तीव्र बनाएको महाशाखाका डिएसपी सुमनकुमार तिमल्सिनाले बताए। उनका अनुसार दोहोरो लाइसेन्स लिनेको संख्या बढेपछि यसबारे यातायात व्यवस्था विभागलाई जानकारी गराइसकेको छ।
डिएसपी तिमल्सिनाले मापेसमा लाइसेन्स प्वाल पार्ने भएपछि धेरैले प्रतिलिपि बनाएर राख्ने क्रम बढेको बताए। ‘धेरैले लाइसेन्स प्वाल पर्छ भन्ने डरबाट जोगिन यस्तो बदमासी गरेको पाइएको छ,' उनले भने, ‘तर यो कार्यबाट उनीहरु झन् फसिरहेका छन्।' उनका अनुसार पक्राउमा परेकामध्ये धेरैले पहिलो लाइसेन्स प्वाल पर्नुअघि नै हराएको बहानामा प्रतिलिपि लाइसेन्स बनाएको पाइएको छ।
नियमअनुसार मापसेमा समातिएर प्वाल परेका लाइसेन्सको रेकर्ड ट्राफिकले सम्बन्धित क्षेत्रको यातायात कार्यालयमा पठाउने गर्छ। यातायात कार्यालयले उक्त रेकर्डका आधारमा प्वाल परेको लाइसेन्स भए प्रतिलिपि बनाउँदा पनि लाइसेन्स प्वाल पारेर नै दिन्छ। तर, अनुसन्धान क्रममा धेरैले पहिला नै दुई वटा लाइसेन्स बोकिरहेको पाइएको डिएसपी तिमल्सिनाले जानकारी दिए।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले ट्राफिकको सिफारिसबिना नै यातायातले प्रतिलिपि बनाउँदा समस्या बढेको बताए। ‘भनसुन र दबाब तथा लोभका आधारमा केही व्यक्तिले गलत तरिकाले दुई वटा लाइसेन्स उपलब्ध गराएको पाइएको छ,' उनले भने, ‘यातायातले यस्ता कार्य गर्ने व्यक्तिको खोजी गरी कारबाही गर्नुपर्छ।' उनले यस विषयमा यातायात कार्यालयलाई ध्यानाकर्Èण गराइसकेको बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले दुई वटा लाइसेन्स वितरणको विषयमा जानकारी आएकाले छानबिन भइरहेको बताए। ‘कसरी दुई वटा लाइसेन्स वितरण भएको छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने, ‘अनुसन्धान क्रममा दोषी फेला परे नियमअनुसार कारबाही गरिनेछ।'