लाइसेन्स नहुनेलाई गाडी दिने पनि फन्दामा
०७ चैत्र २०७१
•
७ मिनेट पाठ
लाइसेन्स नहुनेलाई गाडी दिने पनि फन्दामा
काठमाडौं-सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिएका व्यक्तिले सवारी चलाउनु गैरकानुनी हो। कसैले यो नियमविपरीत सवारी चलाएको फेला परे ट्राफिक प्रहरी तथा प्रहरीले तुरुन्त त्यस्ता सवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गर्छ। र, कागजपत्र लिएर आएका सम्बन्धित व्यक्तिलाई सवारी उपलब्ध गराएर पठाउँछन्।तर, अबदेखि बिनालाइसेन्स चलाउने चालकसँगै लाइसेन्स नभएका व्यक्तिलाई सवारी साधन चलाउन अनुमति दिने उक्त सवारीसाधनका सवारी धनी तथा जिम्मेवारी पाएको व्यक्ति पनि तुरुन्तै कारबाहीमा पर्ने भएका छन्।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले बिनालाइसेन्स सवारी चलाउनेलाई मात्र नभई उनीहरुलाई सवारी उपलब्ध गराउनेलाई समेत तत्कालै कारबाही गर्ने भएको हो। यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४६ मा भएको व्यवस्थालाई नै प्रहरीलाई अधिकार प्रत्यायोजन गर्दै तत्काल कारबाही गर्ने व्यवस्था गर्न लागेको हो।
ठूला र गम्भीर दुर्घटनाका पछाडि लाइसेन्स नभएका सहचालकले सार्वजनिक सवारी चलाउँदा, निजी तथा सरकारी सवारीका हकमा पनि लाइसेन्स नभएकाले जथाभाबी चलाउँदा तथा सवारी चलाउन सिक्ने बहानामा सडकमा दौडाउँदा भएको पाइएपछि विभागले ऐनमा नै भएको व्यवस्थाको अधिकार प्रत्योजन गर्दै कारबाही गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो। हालसम्म उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।




ऐनको दफा ४६ मा कसैले आफ्नो स्वामित्वको वा आफ्नो जिम्मामा रहेको कुनै सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको कुनै व्यक्तिलाई चलाउन दिन हुँदैन भन्ने स्पष्ट लेखिएको छ। कसैले उक्त व्यवस्था विपरीत लाइसेन्स नभएकालाई सवारी चलाउन दिएको पाइए ऐनका दफा १६१ बमोजिम दुई हजारसम्म जरिवाना हुनेछ। यसैगरी, लाइसेन्स नभएकाले चलाउँदा दुर्घटना भएर कसैको ज्यान गए चलाउन दिनेलाई दुई वर्षसम्मको कैद सजाय हुनेछ। लाइसेन्स नभई चलाउनेलाई भने सोझै ज्यानमुद्दा लाग्नेछ।
हालसम्म यसरी लाइसेन्स नभएकालाई चलाउन दिने सवारीधनी तथा जिम्मेवारप्राप्त व्यक्तिलाई दुर्घटनाका कारण ज्यान गएका पीडित पक्षले मुद्दा हाले मात्र ऐनअनुसार कारबाही हुँदै आएको थियो। तर, अबदेखि दुर्घटना नभई बिना लाइसेन्सवाला चालक फेला परेलगत्तै सवारीका जिम्मेवार व्यक्तिलाई दुई हजारसम्म जरिवाना हुनेछ भने दुर्घटना भए दुर्घटनाको प्रकृतिअनुसार थप सजाय हुनेछ। कसैको मृत्यु भए दुई वर्षको कैद हुनेछ।
विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले लाइसेन्स नहुनेलाई सवारी उपलब्ध गराउनेलाई कारबाही गर्ने नियमको अधिकार प्रत्यायोजनको पत्र लेखेर प्रहरीलाई पठाउने काम एकदुई दिनमै हुने बताए। ‘चलाउनेलाई मात्र कारबाही हुँदा सवारीको जिम्मेवारी पाएकाले लाइसेन्स नभएकालाई पनि सहजै सवारी उपलब्ध गराइएको पाइयो,' उनले भने, ‘त्यसकारण अबदेखि सवारी उपलब्ध गराउनेलाई थप बढी कारबाही गर्न लागिएको हो।'
महानिर्देशक बुर्लाकोटीका अनुसार अबदेखि सडकमा बिनालाइसेन्स सवारी चलाउने कोही फेला परे उक्त सवारीका धनीलाई बोलाएर जरिवाना तिराउनुका साथै आगामी दिनमा यस्तो गल्ती गर्न दिन्नँ भन्ने कागज गराएर मात्र सवारी उपलब्ध गराइनेछ। उनले निजी सवारीका हकमा सवारीका धनि, सार्वजनिक यातायातका हकमा सम्बन्धित चालक र सवारीको किसिमका आधारमा सवारी धनी, सरकारी सवारीका हकमा उक्त बसका चालक तथा सवारीको जिम्मेवारी पाएका कार्यालय प्रमुखलाई कारबाही हुने जनाए।
उनका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि सार्वजनिक सवारीमा चालकले सहचालकलाई तथा निजी सवारीमा लाइसेन्स नभएका छोराछोरी तथा आफन्तलाई सवारी चलाउन दिने कार्य रोकिनेछ। यसका साथै सरकारी गाडी सडकमा लगेर सिक्ने प्रवृत्तिको समेत अन्त्य हुनेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले लाइसेन्स नभएका सहचालकलाई सवारीको जिम्मेवारी दिने चालकलाई थप कारबाही गर्नुपर्ने बताए। ‘सहचालकले यात्रु बोकेको सवारी हाँकेर सडकमा सवारी चलाउन सिक्नु हुँदैन,' उनले भने, ‘यसरी यात्रुको ज्यान जोखिममा राखेर सहचालकलाई सिकाउने चालकलाई थप कारबाही गर्नुपर्छ।' उनले सहचालकले सवारी इन्स्टिच्युटहरुमा गएर सिक्नुपर्ने बताए। सडकमा सवारी कुदाउने दक्ष चालक उत्पादन गर्न सरकारले देशका विभिन्न स्थानमा तालिम केन्द्रहरु स्थापना गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय लगातार रुपमा भइरहेको दुर्घटनापश्चात व्यवस्थापिका संसद विकास समितिले गत कात्तिक १६ गते गठन गरेको सडक दुर्घटना अध्ययन उपसमितिले पनि सवारी चालक अनुमतिपत्र नलिएका व्यक्तिलाई सवारी साधन सञ्चालन गर्न अनुमित दिने सवारीधनीलाई समेत दण्डसजायको व्यवस्था गर्न सुझाएको थियो। समितिको सुझावलगत्तै विभागले ऐनमा नै भएको व्यवस्थालाई प्रहरीलाई अधिकार प्रत्यायोजन गर्दै कार्यान्वयनमा ल्याउने भएको हो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस