काठमाडौं – व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका छन्।
कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् । अधिकांशले खानी दर्ता गरी खल्तीमा राखेर बिक्री खुला गरेका छन् । सके सेयर लिएर खानी चलाउने नसके बेचेर मोटो रकम लिने शैलीमा उनीहरू बिक्रीका लागि बिचौलिया लिएर हिँडिरहेका छन्।
खानी सञ्चालन गर्ने वित्तीय र प्राविधिक कुनै क्षमता नभएकासमेतको नाममा खानी दर्ता हुनुले यस क्षेत्रमा नीतिगत र आर्थिक भ्रष्टाचार मौलाएको छ । खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार कानुनी तरिकाले खानी कब्जा गर्न जिम्मेवार भनिएका राजनीतिक दलका नेतादेखि उच्च सरकारी कर्मचारीसमेत सक्रिय भएका छन्।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ सम्ममा २६ वटा भिन्न खनिज निकाल्न चार सय ८४ स्थानमा अनुमति दिइएको छ । जसमध्ये एक सय २४ वटा सञ्चालनमा छन् भने बाँकी ३६० ले खनिज खोजीका लागि भन्दै लाइसेन्स लिएर बसेका छन् । लाइसेन्स लिएकामध्ये दुई सय २१ वटा व्यक्तिका नाममा छन् । जसमध्ये २१ वटा मात्र सञ्चालनमा छन् । बाँकी दुई सयवटा लाइसेन्स लिएर राखिएका छन् । लाइसेन्स लिएर राखिएकामध्ये अधिकांश चुनढुंगाका खानी छन् । त्यसपछि क्वार्टजाइट र सिलिका बालुवाको लाइसेन्स लिएर राखिएको छ । व्यक्तिका नाममा दर्ता कुल १०१ वटा चुनढुंगाखानीमध्ये चार वटामात्र सञ्चालनमा छन् । बाँकी ९७ वटा लाइसेन्स लिएर राखिएका छन्।
व्यक्तिले लिएका ४२ क्वार्टजाइट खानीमध्ये ६ वटामात्र सञ्चालनमा रहेको र बाँकी ३६ वटा लाइसेन्स लिएर मात्र राखिएका छन् । बहुमूल्य मानिने सुनखानीसमेत व्यक्तिका नाममा दर्ता छ । रोल्पाको साढे १० वर्ग किलोमिटर क्षेत्रफलको सुनखानी क्षितिज भण्डारीका नाममा गत वर्षमात्र दर्ता भएको हो । दर्ता भएका कुल नौवटा सुनखानीमध्ये अधिकांश विदेशी कम्पनीका नाममा छन् । तर ती कुनै पनि सञ्चालनमा आइसकेका छैनन् । कतिपय खानी गत वर्ष बेचिएका छन् । बिक्रीको प्रावधान नभएपछि नामसारी गरी घुमाउरो बाटोबाट लाइसेन्स बिक्रीवितरण भइरहेको छ।
खानी तथा भूगर्भ विभागका अनुसार गत वर्ष २४ वटा खानी नामसारी भएका छन् । ऐनमा खानी नामसारी गर्न सकिने प्रावधान भएको विभागका प्रवक्ता कृष्णदेव झा बताउँछन् । उनी भन्छन्, ‘ऐनमा व्यक्तिका नाममा खानी दर्ता गर्न पाउने र नामसारी गर्ने व्यवस्था भएअनुसार गरिन्छ ।’ यही ऐन दुरुपयोग गरी देशमा खानी कब्जा गर्न दर्ता गर्ने र मोटो रकममा बिक्री गर्ने परिपाटी विकास भएको छ । नेता र उच्च कर्मचारीले आसेपासेका नाममा सीधै वा कम्पनी खोल्न लगाएर दर्ता गर्न लगाएको विषय लुकाउन माथिबाट कडा निर्देशन आएको विभाग स्रोतले बतायो।
राजनीतिक तहबाट धम्कीसमेत आउने गरेको छ । कतिपयले खानी खल्तीमा राख्ने तर काम नगर्ने गरेबाट नवीकरणमा कठिनाइ भएपछि माथिल्लो तहसम्म रकम बुझाएर नवीकरण गर्दै आएका छन् । विभागका अनुसार प्रगति विवरण बुझाएर चित्त बुझेपछि नवीकरण गर्ने प्रावधान छ । तर, चित्त बुझ्नका लागि सुपरीवेक्षण भए नभएबारे विभागका अधिकारी मौन छन्।
विभागका प्रवक्ता झा सञ्चालनमा आएका खानीको नियमित सुपरीवेक्षण हुने दाबी गर्छन् । तर, सुपरीवेक्षणका नाममा रकम बुझाएर खानी सञ्चालकले सकारात्मक प्रतिवेदन तयार गर्न लगाउँदै आएका छन् । सञ्चालनमा आइरहेका खानीको गतिलो सुपरीवेक्षण नहुँदा विभागले नयाँ कम्पनी र व्यक्तिलाई धमाधम दर्ता अनुमति दिएर आर्थिक चलखेल भइरहेको छ । खनिज खोजी गर्ने अनुमति पाएका कम्पनीको कार्यप्रगतिबारे सुपरीवेक्षण नहुने र कागजी कार्यप्रगति मात्र हेर्ने परम्परा रहेको विभागका एक कर्मचारी बताउँछन् । यसले काम नगर्ने र कागजमात्र दुरुस्त बनाई नवीकरण गर्ने प्रवृत्तिले प्रश्रय पाएको छ।
यसैगरी, मोटो रकम बुझाएर खानी दर्ता गरेकाहरू बिक्री गर्न बिचौलिया लगाएर देश र विदेश दौडिरहेको तथ्य नागरिकले फेला पारेको छ । विशेषगरी सुन, चुनढुंगा, सिसाखानी आफ्नो नाममा वा कम्पनी खोलेर दर्ता गरेर बिचौलियासहित दौडिएका हुन् । खानी दर्तामा समेत उच्च राजनीतिक तह, कर्मचारी, र स्थानीय निकायका पदाधिकारीसम्म चलखेलमा लाग्न थालेका छन् । माफिया शैलीमा भइरहेको यस्तो क्रियाकलापले नीतिगत र आर्थिक दुवै भ्रष्टाचारलाई बढावा दिँदै खानी भएका स्थानमा आपराधिक क्रियाकलापसमेत बढ्ने खतरा भएको छ।
खानी दर्ता गरी सञ्चालनमा ल्याउन कतिपय घरानियाँदेखि चर्चित व्यापारिक समूहसमेत सक्रिय छन् । तर, उनीहरुको नियत पनि दर्ता गर्ने र विदेशी लगानीकर्ता खोजेर निश्चित सेयर लिएर काम गर्ने देखिएको छ । सिमेन्ट उद्योग सञ्चालनका लागि भनेर आइएमई ग्रुपले पाल्पा र बैतडीमा रहेका दुईवटा चुनढुंगा खानी दर्ता गरेको छ । विशेष वर्गको लाइसेन्स लिएको उसले पनि लगानीकर्ता खोजिरहेको बुझिएको छ । सञ्चालनमा रहेका कतिपय सिमेन्ट उद्योगले पनि लाइसेन्स लिने सक्रियता बढाएका छन् । विश्वकर्मा, हेटौंडा, कसमस, उदयपुर, शिवम्लगायत सिमेन्ट उद्योगहरूले अन्य स्थानमा समेत लाइसेन्स लिइसकेका छन् । ती उद्योगको उद्देश्य सिमेन्टका लागि आवश्यक चुनढुंगा प्राप्त गर्नु रहेको दर्ता गर्दा खुलाइएको छ । कतिपय कम्पनीहरूले चुनढुंगाखानीको लाइसेन्स लिनेसँग खरिदसमेत गरेका छन्।
खानीहरु सञ्चालनमा नल्याएमा दर्ता खारेज गर्न सकिने प्रावधान रहे पनि रकमको चलखेलले नवीकरण गर्ने प्रवृत्ति रहेको छ । दर्ता अवधिमा खानी तथा भूगर्भ विभागदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म दर्तावालादेखि बिचौलियाहरुसम्म सक्रिय छन् । नागरिकले फेला पारेको बहुमूल्य खनिज खानीका दर्तावालाले खानी दर्ताका लागि मात्र दुई करोड रुपैयाँ खर्च भएको बताए।
दर्ताका लागि उच्च राजनीतिक तहदेखि स्थानीय निकायका पदाधिकारीसम्मलाई रकम बुझाइएको उनको भनाइ छ । अहिले खानी दर्ता गरेका दर्तावाला बिक्रीका लागि वा सञ्चालनका लागि सेयरमा काम गर्ने गरी लगानीकर्ता खोज्दै हिँडेका छन् । चुनढुंगा खानी दर्ता गर्नेमध्यले सिमेन्ट कम्पनीहरुलाई बेच्न चलखेल गर्दै आएका छन्।
कुनै कार्यालय नभएका कतिपय कम्पनी झोलामा सञ्चालित छन् । अरबौं लगानी गरेर खानी संचालन गर्न दर्ता पाएका अधिकांश कम्पनीको विवरणसमेत लुकाइएको छ । कानुनको दुरुपयोग गरेर खल्तीमा खानी राखेर हिँडेकाहरूका कारण देशका खनिज सम्पदाको सदुपयोगभन्दा त्यसका नाममा माफियातन्त्र मौलाउने खतरा बढेको छ।

सुनखानीसमेत व्यक्तिका नाममा दर्ता छ । रोल्पाको साढे १० वर्ग किलोमिटर क्षेत्रफलको सुनखानी क्षितिज भण्डारीका नाममा गत वर्षमात्र दर्ता भएको हो । दर्ता भएका कुल ९ वटा सुनखानीमध्ये अधिकांश विदेशी कम्पनीका नाममा छन्।