सिरहा-सिरहाको रामनगर मिर्चैया ३ बाट स्वचालीत हतियार सहित प्रहरीले शनिबार बिहान आठ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामनगर मिर्चैयाका बद्री यादव, धनेश्वर यादव, राजकुमार महतो, दिपेन्द्रकुमार साह, बोरा मुखिया, धिरेन्द्र कुमार मण्डल छन्। त्यस्तै, फुलकाहाकट्टिका सञ्जय शर्मा र इटारी पर्साहीका लेखनाथप्रसाद यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले जानकारी दिएका हुन्।
पक्राउ परेकाहरुबाट एक थान इटालीयन नाइन एमएमाको स्वचालीत पेस्तोल, एक थान कटुवा पेस्तोल, पाँच राउण्ड गोली र म्यागजीन बरामद भएको इन्सपेक्टर सुवेदीले बताए। साथैबाट भारतीय मोबाइल कम्पनीको तीन थान सिमकार्ड समेत बरामद गरिएको छ। उनीहरु रामनगर मिर्चैया–३ स्थित सिकिन्द्र साहको घर भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ।
राती हल्ला गरिरहेको अवस्थामा रात्री गस्तीमा रहेको इन्सपेक्टर सुवेदीको टोलीले खानतलासी गरी उनीहरुलाई पक्राउ हो। ‘पक्राउ परेकाहरु पेशेवर अपराधि हुन्,’ सुवेदीले भने, ‘अपहरण, चन्दा असुली, ज्यानमार्ने उद्योग लगायतका अपराधमा पहिले पनि उनीहरु मध्य केहीले कार्बाही भोगीसकेका छन्। बा ४ च ४००० नम्बरको इन्डीका कार र स ३ प ९२६६ मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथी थप अनुसन्धान सुरु गरेको सुवेदीले बताए।