दिलीप पौडेल, बाग्लुङ, कात्तिक १२ - प्रहरीले बाग्लुङ बजारका बिभिन्न ठाउँबाट लुटपाट, अवैध गतिविधि र हतियार सहित १६ जनालाई पक्राउ गरेको छ। बजारको दुई स्थानमा जुवा खेलिरहेका १४ जना, हतियार सहित एक र चोरी गरेको आरोपमा एक गरी कुल १६ जनालाई पक्राउ गरेको हो।
अबैध रुपमा जुवातास खेल्दै गरेका १४ जनालाई ७९ हजार ५सय रुपैयाँ नगद सहित बिहिवार साँझ फक्राउ गरेको हो। बाग्लुङ बजारको पुरानो बसपार्क नजिकैको छिस्ती रिबन होटलबाट आठ जना र बा.न.पा. -२बालप्रसाद श्रेष्ठको घरबाट छ जनालाई फक्राउ गरेको प्रहरीले जनाएको छ।
रिवन होटलबाट ४९ हजार ६ सय ६० रुपैया सहित जुवा खेलिरहेका चन्द्र बहादुर खड्का, डम्बर मल्ल, डम्बर थापा, कमलाकान्त शर्मा, सन्तोष बस्याल, हरीप्रसाद शर्मा , बाबुकाजी श्रेष्ठ र चन्द्र सुबेदीलाई प्रक्राउ गरेकेा हो। त्यस्तैगरी बागलुङ नगरपालीका-२का बालप्रसाद श्रेष्ठको घरबाट २९ हजार ८ सय ४९ रुपैया सहित रमेश आचार्य, रामप्रसाद कडेल, गुरुप्रसाद आचार्य, कृष्णलाल सापकोटा, कृष्ण श्रेष्ठ, जयलाल सापकोटालाई प्रक्राउ गरेको हो।
यसैगरी ग १ ज २८५३ नं जीपमा गल्कोटबाट बाग्लुङ बजारतर्फ आउँदै गरेका जिल्लाको देविस्थान घर भई पोखराको एक उच्च माविमा अध्ययनरत २० वर्षीय उत्तम गुरुङलाई प्रहरीले घरेलु हतियार नियन्त्रणमा लिएको छ। यस्तैगरी बजारकै दुरसञ्चार रोडको सापकोटा मोवाईल पसलबाट मोवाईल चोरी गर्ने भारतको मोतीयारीमा घर भई हाल बागलुङ बजारमा कवाडी संकलन गर्ने ३० वर्षिय रामबहादुर शाहलाईपनि पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई कानुन बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ।
तिहार नजिकिँदै जाँदा जुवातास खेल्नेक्रम बढेकोले समाजमा बिकृति बिसंगती नफैलियोस भनेर कारबाही सुरु गरेको प्रहरी नायब उपरिक्षक उमा प्रसाद चर्तुबेदीले बताए। 'अबैध गतिबीधि गर्ने सबैलाई कारबाही हुन्छ, 'चतुर्बेदीले भने, 'जनताको सुरक्षा गर्न अबैध गतिबिधी नियन्त्रण गर्न प्रहरी लागि परेको छ।'
तिहार नजिकिदै जाँदा बाग्लुङ बजारमा प्रहरीले कडाई गरेको छ। यसैसाता बाग्लुङ बजारमा बिभिन्न स्थानबाट करिब ३ हजार लिटर मदिरा समेत कब्जामा लिएर नष्ट गरेको थियो। दुई साता अगाडि बाग्लुङ आएका डिएपी चर्तुबेदीले समाजमा रहेका अपराधिक घटनालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएर काम सुरु गरेका थिए। चतुर्वेदी यहाँ आएपछि बजारका चोकचोकमा साईकल गस्ती समेत सुरु गरेका छन्।