सर्लाही - सर्लाहीको हरिपुरबाट हतियार सहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले जाँचको क्रममा हरिपुर–९ बाट नुर आलम र त्रिलोकी दासलाई पक्राउ गरेको हो।मदिरा सेवन गरी मंगलबार अबेर राति हतियार सहित सडकमा हिँडदै गरेका दुवै जनालाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक दिपेन्द्र चौधरीले बताए। उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र एक राउण्ड गोली प्रहरीले बरामद गरेको छ।
दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।