खोटाङ– चट्याङ लागेर खोटाङमा एक युवतीको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर खिदिमा–९ बोरा की २२ वर्षीया मीना खत्रीको मृत्यु भएको हो। चट्याङ लागेर खिदीमा–९ कै टंकबहादुर खत्री, कृष्ण खत्री, गौरीमायाँ खत्री र सीता खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक गोबिन्दकुमार शाहले बताए।घाइतेहरुको स्थानीय स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चट्याङले खिदिमा–७ का रहरमान लुहारको एउटा दुहुनो भैंसी मरेको छ। शनिबार साँझ परेको चट्याङले गोठमा बाँधिराखेको भैँसी मरेको स्थानीयवासी पद्म खड्काले जानकारी दिए।
यसैबीच, चट्याङको कारण खिदिमा–६ र ७ मा विद्युत सेवा अवरुद्ध भएको छ। स्थानीय तावाखोला लद्युजलविद्युत आयोजनाबाट सञ्चालित विद्युत अवरुद्ध बनेपछि दुवै वडाका १५० घरधुरीका उपभोक्ता मारमा परेका छन्। चट्याङका कारण प्रत्येक घरमा राखिएको विद्युतको मिटरबक्स र एमसिवी जलेको छ।