२ सय १५ पटक अस्पतालमा हड्ताल
०९ भदौ २०७०
•
५ मिनेट पाठ
२ सय १५ पटक अस्पतालमा हड्ताल
काठमाडौं— कोसी अञ्चल अस्पतालका चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिएर काम छाडेपछि सयौं बिरामी प्रभावित भए। सामूहिक राजीनामाको कानुनी हैसियत नभए पनि डाक्टरहरूले धम्कीको शैलीमा बिनाजानकारी आकस्मिक सेवासमेत बन्द गराएको घटना नौलो होइन।नेपाल चिकित्सक संघको तथ्यांकअनुसार २०६३ यता चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणका २ सय १५ भन्दा बढी घटना भएका छन्। यी घटनापछि कुनै न कुनै रूपमा अस्पतालका सेवा प्रभावित भएका छन्। बिरामीले दुःख पाएका छन्। मुलुककै ठूलामध्ये वीर र टिचिङ अस्पतालसमेत यो पीडाबाट गुज्रिसकेको छ। डाक्टरहरूको हड्तालले वीर १७ दिन र टिचिङमा १९ दिन सेवा प्रभावित भएको थियो।

वरिष्ठ चिकित्सक डा. रमेशकान्त अधिकारी 'संगठन र हकहितको कुरा गर्दा चिकित्सा पेसा फरक हो भनेर बिर्सन नहुने' बताउँछन्। 'वीर र टिचिङमा माग पूरा गर्न हड्ताल गरिएको थियो, जुन अहिले देशव्यापी समस्याका रूपमा देखिन थालेको छ,' उनले आइतबार नागरिकसँग भने, 'डाक्टरहरू पनि इथिक्स र मर्यादामा नरहने, बिरामीले पनि हात नहाल्नुपर्ने ठाउँमा हात हाल्ने, सरकार केही गर्न नसक्ने, सब भद्रगोल छ।'

अत्यावश्यक सेवा ऐनअनुसार स्वास्थ्यजस्तो क्षेत्रमा कुनै पनि कारणले सेवा अवरुद्ध हुनु हुँदैन भन्ने कानुनी प्रावधान छ । तर, पटकपटक विभिन्न बहानामा स्वास्थ्य संस्था बन्द गरिँदा पनि न सरकारले चिकित्सकमाथि कारबाहीको बाटो खोज्यो, न उनीहरूको माग नै सम्बोधन गरियो।

सरकारले माग सम्बोधन नगरेको अवस्थामा अस्पतालहरूमा हुने यस्ता हड्ताललाई जायज ठहर्‍याउँछन्, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झा। 'कुनै पनि घटनामा आक्रमण एवं तोडफोडकर्तामाथि कारबाही भएको छैन,' डा. झाले भने, 'साथीहरूले आफ्नो ज्यानको सुरक्षाका लागि सेवा बन्द गर्नुपर्ने अवस्था सरकारले नै ल्याएको हो।'

चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणको घटना बढेपछि डाक्टरहरूको दबाबमा स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन बनाउन सरकार तयार भएको थियो । त्यही आधारमा सरकारले 'हेल्थ प्रोफेसनल एक्ट २०६३' जारी गर्‍यो। नियमावलीका लागि भने २०६९ सम्म कुर्नुपर्‍यो। ऐनले चिकित्सक एवं स्वास्थ्य संस्थामाथि आक्रमण भए ६ महिनादेखि २ वर्षसम्म कैद सजाय व्यवस्था गरेको छ। अभद्र व्यवहार भए मात्रै पनि ६ महिना कैद सजायको व्यवस्था छ । हालसम्म कसैमाथि छानबिन वा कारबाही भने भएको छैन।

त्यस्तै, बिरामीले सेवा चित्त नबुझे उपभोक्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पाउँछ। क्षर्तिपूतिका लागि स्वस्थ्य मन्त्रालयमा कोष खडा गरी सरकार र चिकित्सकहरूले सामूहिक रूपमा रकम तिर्ने व्यवस्था छ । मन्त्रालयले यसको निम्ति पनि पहल गरेको छैन। ऐन कार्यान्वयनको जिम्मा गृह र स्थानीय प्रशासनको समेत भए पनि कार्यान्वयन निम्ति पहल गर्ने निकाय स्वास्थ्य मन्त्रालय हो । मन्त्रालयका जिम्मेवार अधिकारीहरू भने यस विषयमा प्रतिक्रिया दिनसमेत तयार छैनन्।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघ र आचारसंहिताको नियमन निकाय नेपाल मेडिकल काउन्सिलले भने छानबिनबिनै चिकित्सकको बचाउ मात्रै गर्दै आएका छन्।

'चिकित्सकबाट पनि गल्ती हुनसक्छ, तर गल्तीको क्षतिपूर्ति र सजाय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाझ आतंक फैलाएर परिपूर्ति हुँदैन,' डा. झाले भने, 'एउटा जग्गा विवादमा वर्षौं मुद्दा लड्ने धैर्य छ, हत्याका मुद्दा त्यसरी नै लडिन्छ, तर चिकित्सकले ज्यान बचाउन गरेको उपचारमा चित्त नबुझ्दा किन कानुनी बाटो खोजिन्न ?'
अर्को समाचार
वीर अस्पतालको हड्ताल टुंग्याउन मन्त्रालयको बेवास्ता
१५ पौष २०६६
•
८ मिनेट पाठ
वीर अस्पतालको हड्ताल टुंग्याउन मन्त्रालयको बेवास्ता
दीपक दाहाल, काठमाडौं पुस १६- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अर्न्तगतका आवासिय चिकित्सकले वीर अस्पतालमा गरेको हड्ताल टुग्यांउन स्वास्थ्य मन्त्रालयले चासो देखाएको छैन।
चिकित्सकहरुले न्यामका उपकूलपतिसँग वार्ता नगर्ने र सहकूलपतिसँग मात्रै वार्ता गर्ने बताएपछि रहेको अन्यौल हटाउँन दुवै पक्षले मन्त्रालयलाई आग्रह गरेको भएपनि कुनै प्रयास गरेको छैन्। एक साताअघि वार्ताका क्रममा दुवै पक्षबीच विवाद उत्पन्न भएपछि न्याम्स अर्न्तगका आवासियहरुले उपकूलपतिको कार्यलयमा ताला लगाउँनुका साथै उनीहरुले पुर्‍याउँदै आएको आकस्मिक बाहेकको सेवा रोकेका थिए।
रेसिडेन्ट एसोसियसन अफ न्याम्स (र्‍यान) ले गत सोमबार स्वास्थ्य मन्त्रीका नाममा ज्ञापन पत्र मार्फत् समस्याबारे अवगत गराउँदै वार्ताको लागि पहलगर्न ध्यानाकर्षण गराएका थिए। 'वार्ताको वातावरण मिलाइदिनु पर्‍यो, भन्ने अनुरोध गरेका हौ तर मन्त्रालयले चासो दिएन् ' र्‍यानका प्रवक्ता डा. अर्विन जोशीले बताए। उनीहरुले वार्ताका क्रममा आफूहरुलाई नराम्रो व्यवहार गरेको भन्दै उपकूलपतिसँग वार्ता नगर्ने घोषणा गरेका छन्। 'हड्ताल खुलाउँन मन्त्रालय उदासिन देखियो।' डा.जोशीले भने। उपकूलपति डा.सिपी मास्केले पनि न्याम्स हेर्ने मन्त्रालयका सचिव डा.प्रविण मिश्रलाई बन्द खुलाउन आग्रह गरेको बताए। 'आवासियहरुलाई बोलाइरहेको छु ,तर आएका छैनन्।' डा.मिश्रलाई उदृतगर्दै डा.मास्केले भने। मास्केले चिकित्सक र कर्मचारीको आन्दोलनलाई राजनीति उदेश्यले प्रेरित भएको बताएका छन्।
मन्त्रालयका सचिव डा.प्रविण मिश्रले मन्त्रालयलाई औपचारिक रुपमा त्यस्तो आग्रह नगरेको बताए। उनले आफूले व्यवस्थापन पक्षलाई बोलाएर पछिल्लो अवस्थाबारे जानकारी लिएपनि आन्दोलनरत पक्षसँग सम्पर्क हुननसकेको बताए। उनले आफूले पनि आन्दोलनकारी पक्षलाई भेट्न नसकेको बताए। 'वीर अस्पताल स्वायक्त संस्था हो, सकेसम्म हामी देखिनेगरी हस्तक्षेप गर्न नपरोस भन्नेमा छौ।' मिश्रले भने 'उहाँहरुले सक्नुभएन् भने हस्तक्षेप गरेर समस्य हलखोज्छौ।'

र्‍यानका प्रवक्ता डा.जोशीले आफूहरुले ग्यापनपत्र मन्त्रालयमा दर्ता गराएर मन्त्रीको पिएलाई बुझाएको बताए। उनले वोर्धार्थ स्वास्थ्य सचिवलाई बुझाएको जानकारी दिए। 'मिश्र जनसंख्या सचिव हो हामीले स्वास्थ्य सचिव सुधा शर्मालाई वोधार्थ दिएका छौ, वार्ता गर्न उहाँले खोजेको भए फोन खोज्दै हिड्ने होइन् पत्र पठाउँनु पर्‍यो।' डा जोशीले नागरिकलाई भने।

आकस्मिक बाहेकका सेवामा काम नगर्ने आवासियको निर्णयले वीर अस्पतालले दिने सम्पूर्ण सेवा प्रभावित भएको छ। रेजिडेन्टस एसोसिएसन अफ न्याम्स (र्‍यान) अर्न्तगत झण्डै दुई सय चिकित्सक वीर अस्पतालमा कार्यरत छन्। उनीहरु प्रतिष्ठान अर्न्तगत चिकित्साशास्त्रमा स्नातकोत्तर तह (एमडी/एमएस) अध्ययनरत चिकित्स हुन्। वीर अस्पतालले दिने ओपिडी सेवा अधिकांश आवासिय चिकित्सकले दिदै आएका छन्। सबै शल्याक्रिया समेत बरिष्ट चिकित्सकको नेतृत्वको टोलीमा आवासियहरु नै हुन्छन्। वीरमा आकस्मिक बाहेक दैनिक ७ देखि १० वटा अप्रेसन हुनेगर्छ। आवासिय वाहेक वीरमा ६० भन्दा बढी वरिष्ठ चिकित्सक भएपनि उनीहरु पूर्ण समय काम गर्दैनन्।

आवासिय चिकित्सको ड्युटी कक्षलगयत पुरानो सहमति कार्यन्वनका बारे छलफलका क्रममा प्रतिष्ठानका उपकूलपति डा.सिपी मास्के र र्‍यानका चिकित्सकबीच अघिल्लो वुधबार बिबाद भएको भएको थियो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स) उपकूलपतिलगायतका पदाधिकारीलाई वीर अस्पतालका आवासिय चिकित्सकहरुले गत बुधबार दिउँसो करिब एक घण्टा उनीहरुकै कार्यकक्षमा थुनेका थिए। ड्युटी रुममा बिना सूचना कर्मचारीहरुले ताल्चा लगाउँदा प्रशासन मौन रहेको र कारवाहीको सट्टा कर्मचारीसँग आवासियलाई ड्युटी रूमबाट हटाउँने गरेको भन्दै पदाधिकारीको कक्षमा वार्ताका लागि गएका थिए।

 

गत भाद्र १६ गते पनि आकस्मिक बाहेकका सबै सेवा नदिएर आन्दोलनमा उत्रीएका आवासियहरुसँग न्याम्सको सहमति भएको थियो। सो क्रममा रात्रीकालीन ड्युटी कक्षको व्यवस्था गर्ने, आवासियहरुलाई उपचार निशुल्क गर्ने ,अस्पतालमा आवाश्यक उपकरणको व्यवस्था गर्ने, सरकारी सुविधामा पढेकाहरुको ३ सय प्रतिशतले बढेको ट्युसन फि घटाउँने, ट्युटी भत्ता २ सय ५० बाट ५ सय पुर्‍याउने र शूल्क तिरेर पढेकाहरुको मासिक भक्ता बृद्धि गर्ने सहमति भएको थियो। ती मध्ये विरामीका लागि बनाइएको दशवटा कक्ष रहेको सुविधा सम्पन्न न्यु क्याबिन ड्युटी रूमको रुपमा प्रयोग गर्नदिने र मासिक भक्तामा २ हजार बृद्धि गर्ने बाहेक अन्य माग पूरा नभएका डा जोशीले बताए।

यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी यूनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी यूनियन र नेपाल स्वास्थ्यकर्मी संघले पनि विभिन्न माग सहित चिकित्सकहरुको तालाबन्दीमा समर्थन जनाएर धर्ना लगायतका कार्यक्रम गर्दै आएका छन्। वीर अस्पताल प्रतिष्ठानमा परिणत भएपछि कर्मचारीको सेवा शर्तमा रहेको अन्यौल हटाउनुपर्ने लगायतका माग अगाडी सारेका छन्। उनीहरुले वर्तमान पदाधिकारीको राजिनामा समेत माग गरेका छन्। कर्मचारीहरु आन्दोलनका नाममा पदाधिकारीसँग वार्गेनिङ्ग गरिरहेको विभाग स्रोतले बतायो। स्रोतले वीरमा पदाधिकारी फेर्न चलखेल भइरहेको र त्यसमा साथदिनेगरी आन्दोलनमा उत्रिने धम्की पदाधिकारीहरुलाई यूनियनका पदाधिकारीहरुले दिइरहेको बतायो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस