दीपक दाहाल, काठमाडौ, भदौ १४- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत आवासीय चिकित्सकको चार दिनदेखि जारी हड्ताल टुग्यांउन नेपाल चिकित्सक संघले पहल गर्ने भएको छ।
संघले शनिबार आन्दोलनरत आवासीय चिकित्सकका प्रतिनिधिसँग छलफल गरेर उनीहरुका कतिपय मागमा सहमति जनाएको थियो। संघका अध्यक्ष डा.केदारनरसिंह केसीले आवसीय चिकित्सक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारी वार्ता अघि बढ्न नसकेकोले र हड्ताल जारी रहादा बिरामी मारमा परेकोले हड्ताल टुंगो लगाउन संघले पहल गर्न लागेको बताए। 'चिकित्सकले उठाएको धेरै माग जायज छन् त्यसलाई पूरा गर्न व्यास्थापन तयर हुनुपर्छ।' डा.केसीले भने-'दीर्घकालीन रुपमा पूरा गर्नुपर्ने मागका लागि आवासीय चिकित्सक पनि लचिलो हुनुपर्छ।'
आवासीय चिकित्सकले आहृवान गरेको हड्तालका कारण अस्पतालको सेवा प्रभावित भएको छ। रेजिडेन्टस एसोसिएसन अफ न्याम्स सम्बध चिकित्सकको आहृवानमा वीर अस्पतालको आकस्मिक आकस्मिक सेवा समेत ठप्पप्रायः भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्र्तगत एमडी र एमएस (स्नातकोत्तर तह) मा झण्डै तीन सय अफिसर, इन्टर्न र प्रिइन्टर्नले उनीहरुले पाउँदै आएको भत्ता वृद्धि अस्पतालमा उपकारण विस्तार लगायतका माग अघि सारेर बन्द आहृवान गरेका हुन्।
हड्तालका कारण अस्पतालले पुर्याउदै आएको ओपिडी, शल्याक्रिया लगायतका सेवामा गम्भीर असर परेको छ। अस्पतालमा करिव ५० को हाराहारीमा रहेका बरिष्ठ चिकित्सक बाहेका अस्पतालले पुर्याउने सेवा आवासीय चिकित्सकका भरमा चल्ने गर्छ। अस्पतालमा दैनिक १ हजारको हाराहारीमा विरामी आउने गर्छन्। गम्भीर अवस्था रहेका र केन्द्रीय अस्पतालमा रिफर गरेर दैनिक ठूलो संख्यामा विरामी अस्पतालमा आउँछन्। 'मुलुककै ठूलो अस्पतालमा लामो बन्द गरेर विरामीलाई असर पुग्न दिनुहुदैन्।' डा केसीले भने।
उनीहरुले मेडिकल अफिसर इन्टर्न र प्रि इन्टर्नले विरामी हुदाँ अस्पतामा निशुल्क उपचार सुविधा पाउनुपर्ने, उपचारका लागि अक्षय कोषको स्थापना गरिनुपर्ने, प्रतिष्ठान अस्पतालमा दिइरहिएको रात्री भत्ता २ सय ५० बाट १ हजार हुनुपर्ने र अस्पतालका प्रत्येक वार्डमा अत्यावश्यकीय उपकरण हुनुपर्ने लगायतका माग अगाडि सारेका छन्।