काठमाडौं - गौशालाको गङ्गाहिटीस्थित धोवीखोला र गुहेश्वरीस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा शनिबार तीन बालकको डुबेर मृत्यु भएको छ। धोवीखोलामा पौडी खेल्ने क्रममा मृत्यु हुनेमा पाँच वर्षीय बालक नवीन विक र छ वर्षीय बालक लोक विक रहेका छन्।
बागमती नदीमा पौडी खेल्ने क्रममा १२ वर्षीय प्रशन्न थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तथा महानगरीय प्रहरी परिसरका प्रवक्ता चक्रबहादुर सिंहले बताए।
उद्वार गरी तीनैजनालाई ओम अस्पतालमा ल्याइएको भए पनि उपचार गर्न नपाउँदै उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ।