नक्कली ‘माता’ को लाखौँ ठगी धन्दा
१६ असोज २०७७
•
५ मिनेट पाठ
नक्कली ‘माता’ को लाखौँ ठगी धन्दा
नक्कली माताको प्रभावमा परेर लाखौँ रकम ठगिएका पुष्पा पाण्डे, उनका छोरा तथा कालीराम चौधरी। तस्बिरः देवेन्द्र बस्नेत
घोराही नवरलपुरकी पुष्पा पाण्डेका तीन सन्तान बेलाबेला बिरामी परिरहन्थे। घोराही बजारमा ‘नामी माता’ रहेको हल्ला सुनेकी थिईन् पुष्पाले। लागुकै कारण छोराहरुमा विभिन्न समस्या आएको हुन सक्ने आशंका चिनेजानेकाहरुले गरे अनी उनै माता कहाँ जान सुझाव दिए। सोही सल्लाह बमोजिम पुष्पा घोराही काठेकोहल नजिकै डेरा लिएर बस्ने माता भनिएकी राधा खत्री क्षेत्री कहाँ पुगिन्। माता भनिएकी महिलाले पहिलो भेटमै भनिदिईन् ‘सबै समस्या म समाधान गरिदिन्छु।’ तर आँफूले भनेका सबै सर्तहरु पालना गर्नुपर्ने माताको भनाई थियो।  




नामी माताको उपमाले चिनिएकी ति महिलाप्रति पुष्पा ढुक्क भईन्। पुष्पाका दुई छोरा जागिरे अर्का विदेशमा। उनै छोराहरुको फोटो राखेर माता कहलिएकी महिलाले उनिहरुको समस्या मन्त्र बिधीबाट पत्ता लगाउन थालिन्। पितृ लागेको भनेर समस्या देखाएकी माताले अनेकन सर्त राखिन्। यो सर्त मोटो रकमको थियो। पुष्पा भन्छिन् ‘पटक पटक गरि तीन लाख पाँच हजार रुपैयाँ मातालाई दिएँ।’ माताले उनलाई समस्या समाधान हुनेमा ढुक्क बनाएकी थिईनन्। उनले अझै समस्या समाधान नभएको भन्दै थप रकम झारिन्। ‘मोबाईल किनिदेउ भनिन् अनि २५ हजार रुपैयाँ मोबाईल किन्न भनेर दिएँ,’ उनले भनिन् ‘एउटा बाख्राको कालो पाठी चाहिन्छ भनिन् १३ हजारमा कालो पाठी किनेर पनि बुझाएँ।’  

रोग निको होला भनेर माता कहाँ पुगेकी पुष्पाको माताको सर्त बमोजिम खर्च बढ्दै थियो। अन्ततः माताले भनिन् ‘लागुको अझै ठूलो समस्या छ, तेरो घरबाट ५ वटा लास निस्कन सक्छन्।’ वर्ष दिनसम्म माताको शरणमा रहेकी पुष्पालाई माताको यो धम्कीले झनै त्रास थप्यो। माताकै सल्लाह अनुसार उनका छोरालाई हाँजिर गराउन भनियो। भर्खरै विदेशबाट आएर क्वारेन्टिनमा बसेका कान्छा छोरालाई त्यहाँबाट निकालेर माता कहाँ हाजिर गराईयो। ति माताले छोरालाई उनकै आमा बोक्सी लागेको भनिदिईन्। ‘क्वारेन्टिनबाट सिधै माता कहाँ पुगेँ, उसले सुरुमै त्रिशुलले ढाडमा हानी,’ पुष्पाका छोराले भने ‘पछि बोक्सी लागेको भनी अनि बोक्सी को हो ? भन्दा तेरो आमा भनी।’ छोराहरुको स्वास्थ्य समस्या समाधानका लागि तीन लाख बढि उनै मातालाई चढाईसकेकी पुष्पालाई उल्टै छोरा माथि बोक्सी लागेको भनेपछि सैह्य भएन। ‘मैले मलाई किन बोक्सी भनेको भनेर प्रहरीमा उजुरी गरेँ,’ पुष्पाले भनिन् ‘उसले प्रहरीमा माफी माग्दै अहिलेसम्म लिएको सबै रकम फिर्ता गर्ने मौखिक सहमती गरि।’ तर प्रहरीबाट उन्मुक्ती पाएपछि ति महिला फरार भईन्।  

नामी माता कहलिएकी राधा खत्री क्षेत्रीको एकिन पहिचान कसैलाई थाहा छैन। पर्सा जिल्लाको नागरिकता धारी उनी झण्डै तीन वर्ष यता घोराहीमा डेरा लिएर बस्थिन्। उनी नामी माता रहेको भन्दै उनको डेरामा झारफुक गर्न आउनेहरुको भिड लाग्थ्यो। तर उन प्रतिको यहि अन्धविश्वासमा परेर थुप्रै नागरिकले लाखौँ रकम गुमाउनु परेको छ।  

घोराही १५ का पूर्णवहादुर चौधरीले पनि बेला बेलामा ‘काँप्ने’ समस्या समाधान गर्ने आशमा साढे तीन लाख गुमाए। जबकी समस्या अहिलेपनि उस्तै छ। उनले पनि नामी माता कहलिएकी राधाका बारेमा सुन्दै आएका थिए। उनी पनि उनै माताको सम्पर्कमा पुगे। दुई वर्षसम्म उनी बिरामी मात्रै हैन, माताको कारिन्दा झैँ बनेर बस्नु पर्यो। ‘उसको डेरामा पूजाआजा गर्ने फूल खोजेर लगिदिने जिम्मा सबै मेरो थियो,’उनले भने ‘टाढा टाढाबाट फूल खोजेर रातबिरातमा पनि उसको घरमा फूल टक्र्याईदिनु पर्थ्यो।’ ति माताले उनको समस्या पनि निको पारिदिने दरिलो विश्वास दिलाएकी थिईन्। उनी पनि यहि अन्धविश्वासमा ति माताको दुई वर्षसम्म अन्धभक्त बने। ‘उसले जे माग्थी मैले टक्र्याउनु पथ्र्यो, नत्र थारु भनेर गाली गर्थी,’ उनले भने ‘मत उसको जालमा परिसकेको थिएँ।’ पूर्णवहादुरलाई भएको समस्या समाधानका लागि दुई वर्षको अवधिमा अर्घाखाँचीको सुपादेउराली, दाङका मठ मन्दिर, रुकुम, सल्यान लगायतका टाढा टाढाका मन्दिरसम्म पुर्याउँथिन्। यसरी जाँदा लागेको खर्च उनै पूर्णले बुझाउनु पथ्र्यो। ‘उसले मलाई मन्दिरमा जानु पर्यो, तेरो समस्या अली ठूलो छ भन्थी,’ उनले भने ‘थुप्रै जिल्लाका मन्दिरमा जानका लागि गाडी रिजर्भ गरेर उसलाई पुर्याए, त्यहाँ जाँदा लाग्ने खर्च सबै मेरो हुन्थ्यो।’

तर आफ्नो स्वास्थ्य समस्या नभएपछि उनी माताको सम्पर्कबाट टाढिए। तर माता उनी प्रति रिसाईन्। ‘म रिसाएर नगएपछि त उसको आम्दानीको बाटो रोकिने भयो नि,’ उनले भने ‘अनी म संग रिसाईरहेको थियो।’ उनी जिल्ला हुलाक कार्यालयका कर्मचारी पनि हुन्। एक दिन हुलाकमा आएको चिठी छोड्न माताको डेरा नजिकैको बाटोमा हिँड्दै थिए। अनी माताको कोठामा पुगे। तर रिसले चुर माताले उनलाई कुटिन्। ‘तँ मेरो घरमा बाँण हान्न आएको होस् ? भनेर कानमा जोड्ले हानी,’ उनले भने ‘म केहि नबोली त्यहाँबाट निस्केँ।’  

नक्कली माता बनेर सबै स्वास्थ्य समस्या समाधान गर्ने झुठो पासा फ्याँकेकी उनै माताको ठगिमा घोराही १५ कै मोतीलाल डाँगी पनि नराम्ररी परे। एक/एक तोला सुनका औँठी बुझाएका मोतीलालले माताको नभई आफ्नो दोष बढि भएको स्वीकार्छन्। ‘माताको झारफुकमै सबथोक निको हुन्छ भनेर अन्धविश्वासमा पर्नु हाम्रो पहिलो गल्ति हो,’उनले भने ‘गलत नियत राख्नेहरुलाई हामीहरुले चिनेर व्यवहार गर्नु पर्ने हो।’ उनकी श्रीमतीको टाउको अनी पेट दुख्ने समस्या लामो समयदेखि थियो। बजारमा चलेको माताको चर्चा सुनेरै उनी पनि रोग निको पार्न माताको शरणमा पुगे। ‘छनक्कै निको हुन्छ भनेर आश्वासन दिएपछि बढि विश्वास गरियो,’ डाँगीले भने। दुई वर्षसम्म उनी पनि माताप्रति लिप्त भए। माताले भने बमोजिम दुईवटा सुनको औंठी नै दान गरिदिए। ‘श्रीमतीको समस्या समाधान होला भनेर एक/एक तोलाका दुईवटा सुनको औँठी दिएँ,’ उनले भने ‘अरु सरसामानको हिसाव किताबै गरेको छैन, गरेर पनि अब के अर्थ छ र?’ उनले प्रति महिना २५ किलोको एक बोरा चामल उपलब्ध गराईदिन्थे। अनी पिउने जारको पानीको जोहो समेत उनैले गरिदिए। यो बाहेक अन्य सरसामानको एकिनै छैन उनलाई। ‘उनको दैनिक खर्चको व्यवस्थापन पनि मैले नै गरिदिएको थिएँ भनेपछि तपाई आँफै बुझ्नुन मैले कतिसम्म खर्च गरे हुँला ?’ उनले भने ‘तर अहिले पश्चाताप लागिरहेको छ।’ उनी दुई वर्षसम्म माताप्रति लिप्त हुनुको कारण क्षणिक निको हुनु पनि थियो। ‘माताले झारफुक गरेपछि निको भए जस्तो हुने, केहि दिन पछि फेरी उस्तै समस्या भैहाल्ने,’ उनले भने ‘अनि समाधान भै पो हाल्छकि भनेर पनि उसको बढि विश्वास गर्न पुगेँ।’ तर अवस्था उस्तै भएपछि उनले पनि मातासँगको संगत छोडेका थिए। ‘पहिला विश्वासमा परियो, पछि उसको सबै नियत बुझ्दै गएपछि नजिक हुनुको अर्थै भएन,’ उनले भने ‘त्यो व्यक्ति प्रति विश्वास गर्नु हाम्रै ठूलो कमजोरी हो।’

विभिन्न व्यक्तिलाई जालझेलमा पारेर लाखौँ रकम असुलेकी माता भनिएकी राधा अहिले घोराहीबाट फरार भैसकेकी छिन्। उनिसँग रहँदै आएको मोबाईल समेत अफ छ। दाङमा उनिबाट ठगिएकाहरुले ठगी गरेर फरार रहेकी ति महिलालाई नियन्त्रणमा लिएर कारवाही गर्न आग्रह गरेका छन्। ‘हामी त जान अन्जानमा ठगियौँ, फेरी अर्को ठाउँमा पुगेर उसले यसैगरि अरुलाई पनि ठग्न सक्छ,’ पीडित महिला पुष्पा पाण्डेले भनिन् ‘उसलाई पत्ता लगाएर कारबाही गरेपछि अरु कोहि ठगिन त पाउने थिएनन्।’
अर्को समाचार
बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा...
०९ चैत्र २०८०
•
२ मिनेट पाठ
बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा...
अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ।




पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन्। उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन्। लोभमा गिरोहसँग बिहे गर्न पुगिन्। नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए। यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ।

पीडितकै रु छ लाखसमेत उनले ठगी गर्न सफल भएका छन्। ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनप¥र्यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पु¥याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो।

उनले आफन्तहरुबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि रु ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न रु छ लाख लाग्छ भनी पीडितबाट रु छ लाख लिएर ठगी  गरेको पनि पाइएको मिश्रले जानकारी दिए।

उनले मिर्गाैलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमा नजिक भारतको बजार पु¥याइएकामा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्नसक्ने जानकारी गराएपश्चात् महिला नेपाल फर्की आएकी थिइन्।

त्यसपछि पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताए। रासस।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस