नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालिन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ सहित अन्य पाँच जनाले गैर कानूनी रुपमा सम्पत्ति आर्जन (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले मुद्दा हालेको छ।
बैंकर श्रेष्ठले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीमा कार्यकारी अध्यक्ष पदमा कार्यरत हुँदा करिब दुई अर्ब ६६ करोड ६१ लख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरेको अभियोगमा विभागले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार अध्यक्ष श्रेष्ठले अन्य बैंक तथा वित्तीय संस्थावाट लिएको कर्जा फाइनान्सका ऋणीलाई दिने र ऋणीवाट मोटो रकम (कमिसन) लिई कर्जा निमाहा गर्दै आएको भेटिएको छ भने उनले कृतिम व्यक्तिको नाममा आफैले कर्जा लिने गरेको र आफुले लिएको कर्जा आफैले मिनाहा समेत गर्ने गरेको पाइएको छ।
विभागका अनुसार मंगलबार योगेन्द्रप्रसाद श्रेष्ठ लगायत उनकी श्रीमती गिता श्रेष्ठ, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धिकरणको गरेको अभियोग लागेको हो।
अध्यक्ष श्रेष्ठले फाइनान्समा बचत भएको रकम व्यक्तिको नाममा प्रयोग गरी रकम घोटाला गरेको आरोप लागेपछि लामोसमय फरार भएका थिए।
२०६८ असोजमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले श्रेष्ठलाई धनगढीवाट पक्राउ गरेको थियो तर, सर्वोच्च अदालतले २०७१ असारमा उनलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
काठमाडौं नागार्जुन–४ निवासी श्रेष्ठले ८८ जना नक्कली ऋणीको नाममा लिएको ३२ करोड ६७४ लाख रुपैयाँ पनि दूरुपयोग गरेको अनुसन्धानमा भेटिएको विभागले जनाएको छ।
विभागका अनुसार फाइनान्सका तत्कालिन कार्यकारी अध्यक्ष श्रेष्ठले बीमा संस्थानको २० करोड, सर्वसाधारणले बचत गरेको १७ करोड, नागरिक लगानी कोषको साढे १६ करोड, जनता बैंकका १० करोड, सन्ड्री पेप्स टर्सको ९ करोड ६९ लाख, माछापुच्छ्रे बैंकको ४ करोड ८८ लाख, नेपाली सेना कल्याणकारी कोषमा ४ करोड लगायत अन्य वित्तीय संस्थावाट गरी कूल ८३ करोड रुपैयाँ सम्वन्धित संस्था/व्यक्तिको नाममा नराखी दूरुपयोग गरेको आरोप लागेको थियो।
बैंकिङ कसुरको मुद्धा लागेका श्रेष्ठलाई पुनरावेदन अदालतको वाणिज्य इजलासले उनी सहितको समूहले करिब १३ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै दुई जनालाई तीन वर्ष कैदको फैसला सुनाएको थियो।
तत्कालिन पुनरावेदन अदालतले फाइनान्सका कार्यकारी अध्यक्ष श्रेष्ठ र उनका सहयोगी सिद्धार्थमान मास्केलाई दोषि ठहर गर्दै उक्त फैसला गरेको थियो।
तर, सम्पती शुद्धिकरण विभागले श्रेष्ठमाथि गरेको छानविनमा उनले फाइनान्सको कार्यकारी अध्यक्ष पदमा रहदा कूल दुई अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको तथ्य फेला पारेपछि उनीविरुद्ध मुद्धा हालेको हो।