टेकनारायण भट्टराई, पाल्पा, असोज ३- पूर्वी पाल्पाको आर्यभन्ज्याङ्ग-रामपुर सडक खण्ड अर्न्तगत चिदीपानी गाविस भुटुकेभन्ज्याङ्गमा शनिबार राति भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ।
बुटवलबाट पूर्वी पाल्पाको ताहुँ जाँदै गरेको लु १ ख ६६२४ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परी गाडी धनी ३२ वर्षीय रुपन्देही संकरनगर-९ का गंगाराम पन्थ रहेका छन्। गाडी चालक गुल्मी थानापति-९ थोर्गाका कमल थापा गम्भीर घाइते भएका ट्राफिक प्रमुख जनक नेपालले बताए। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार हुँदैछ।
राति साढे ११ बजे ट्रक सडकबाट करिब डेढसय मिटर तल खसेको ट्राफिक प्रमुख नेपालले बताए। ट्रक खसेको बारे आइतबार बिहान मात्र थाहा लागेको थियो। घाइतेलाई बिहान उद्धार गरी अस्पताल ल्याइएको हो। घटनास्थल सदरमुकमा तानसेनदेखि २० किलोमिटर टाढा पर्छ।