रोल्पा- दक्षिण होलेरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुब्रिङ–४ का १७ वर्षीय प्रकाश दमाईको दुर्घटनामा मृत्यु भएको हो ।घोराही देखि दुब्रिङ तर्फ आउँदै गरेको रा १ क ९४ को किराना सामान बोकेको मिनी ट्रक ब्रेक फेल भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केशव बहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार ट्रक सडकबाट करिव २० मिटर तल झरेको थियो ।
दुर्घटनामा परी दुव्रिङ–४ का जय बहादुर थापा, कर्ण बहादुर नेपाली, खगेन्द्र सार्की घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि घोराही तर्फ पठाइएको छ । दुर्घटनामा परी खगेन्द्र गम्भीर घाइते भएका छन् । उनको छातीमा चोट लागेको प्रहरीले जनायो । घाइते जय सवारी चालकसँगै ट्रक धनी पनि हुन् ।