इरानबाट थप तीन नेपालीको उद्धार, २७२ जना भारतीयसँगै दिल्ली पुगे
१२ असार २०८२
•
१ मिनेट पाठ
इरानबाट थप तीन नेपालीको उद्धार,  २७२ जना भारतीयसँगै दिल्ली पुगे
भारतीय सहयोगमा इरानबाट थप तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ। २७२ जना भारतीय नागरिकसँगै तीन नेपाली नागरिक इरानबाट दिल्ली पुगेको भारत सरकारले जनाएको छ।  




भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा विशेष उडानमार्फत भारतीय समयअनुसार मध्यरात १२ः०१ मा दिल्लीमा अवतरण गरेको उल्लेख गरेका छन्।  

यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो।  

इजरायल–अमेरिका र इरानबिचको युद्ध चर्किरहँदा नेपाली नागरिकको उद्धारको कुरा उठेको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन। सोहीअनुसार भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ।  
अर्को समाचार
इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
१३ असार २०८२
•
१ मिनेट पाठ
इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको बताएका छन् । बिहीबार टेलिभिजनमार्फत दिएको आफ्नो पहिलो सम्बोधनमा उनले कतारमा रहेको  एक प्रमुख अमेरिकी सैन्य अड्डामा  गरेको आक्रमणलाई थप्पडको रूपमा उल्लेख गरे । ‘इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छ,’ खामेनीले भने,  ‘हामीले यस क्षेत्रको एक प्रमुख अमेरिकी सैन्य अड्डामा आक्रमण गरेका छौँ।’




उनले चेतावनी दिए कि यदि भविष्यमा अमेरिका आक्रमण गर्छ भने, इरानले जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा प्रतिआक्रमण गर्नेछ।

८६ वर्षीय खामेनीले इजरायलसँग १२ दिन लामो युद्धपछि भएको युद्ध विरामलाई ‘विजय’ को रूपमा व्याख्या गरे। उनले बताए अनुसार अन्तिम दिनमा इरानले कतारस्थित अमेरिकाको सबैभन्दा ठुलो सैन्य अड्डामा आक्रमण गरेको थियो, जुन समय अमेरिकाले इजरायली आक्रमणमा सहयोग गरेको थियो। 

उनको सम्बोधन टेलिभिजनमार्फत प्रसारण गरिएको थियो, जहाँ उनी एक अज्ञात आन्तरिक स्थानमा, खैरो पर्दा अगाडि, इरानी झन्डा र आफ्ना पूर्ववर्ती अयातुल्लाह रुहोल्लाह खोमेनीको तस्बिरको बिचमा बसेर बोलेका थिए। इजरायली बमबारीका बेला करिब एक हप्ताअघि उनले यस्तै स्वरमा अन्तिम टिप्पणी दिएका थिए।

खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबको बाबजुद पनि इरान कहिल्यै आत्मसमर्पण नगर्ने घोषणा गरे।‘अमेरिकी राष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् कि अमेरिकालाई केवल आत्मसमर्पण मात्र स्वीकार्य हुन्छ,’ उनले भने, ‘तर यस्तो कुरा कहिल्यै हुने छैन।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस