सातौँ दिनमा इरान-इजरायल युद्ध : तेहरानले चाँडै आणविक बम बनाउन सक्ने अमेरिकाको चिन्ता
०६ असार २०८२
•
३ मिनेट पाठ
सातौँ दिनमा इरान-इजरायल युद्ध : तेहरानले चाँडै आणविक बम बनाउन सक्ने अमेरिकाको चिन्ता
इरान र इजरायल बिचको युद्ध सात दिनदेखि निरन्तर चलिरहेको छ। यो द्वन्द्वले मध्यपूर्वमा तनावको स्थिति सृजना गरेको छ भने विश्व शक्तिहरूको ध्यान पनि यो क्षेत्रमा केन्द्रित भएको छ। अमेरिकाले इरानसँग आणविक हतियार बनाउने क्षमता रहेको चेतावनी दिएको छ।




ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकार सम्मेलनमा भनिन्, ‘इरानसँग अब आणविक हतियार बनाउने पूर्ण क्षमता छ। यदि सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आदेश दिए भने इरानले केही हप्तामै आणविक बम बनाउन सक्छ।’ 

उनले थपिन्, ‘इरानसँग आवश्यक सामग्री र प्रविधि छ, अब केवल नेतृत्वको निर्णयको पर्खाइमा छ।’ यसले इजरायल, अमेरिका र सम्पूर्ण विश्वको सुरक्षालाई खतरामा पार्ने उनको भनाइ छ। लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको कुरामा पनि जोड दिइन्। तर इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नभए कडा कदम चाल्ने संकेत उनको थियो। 

इरानले लगातार दोस्रो दिन इजरायली सहर बेरशेबामा क्षेप्यास्त्र (मिसाइल) आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार एउटा इरानी क्षेप्यास्त्रले अपार्टमेन्ट ब्लक नजिकै प्रहार गर्दा धेरै कारमा आगलागी भएको छ भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।

युद्धमा इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सयभन्दा बढी घाइते भएका छन्। यता वासिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा छ सय ३९ जनाको मृत्यु हुनुका साथै एक हजार तीन सय २९ जना घाइते भएको दाबी गरेको छ। 

इजरायली सेनाले बिहीबार राति तेहरानमा दर्जनौँ सैन्य र आणविक लक्ष्यमा आक्रमण गरेको जनाएको छ। सेनाले इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास केन्द्र, एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित मिसाइल उत्पादन स्थलहरूलाई निशाना बनाएको दाबी गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार एक अन्तर्वार्तामा इरानको फोर्डो आणविक प्लान्टसहित अन्य सुरक्षित ठानिएका स्थानमा आक्रमण गर्ने योजना रहेको बताएका थिए। उनले भने, ‘इरान आणविक हतियारको दिशामा अघि बढिरहेको छ, र हामीले यो रोक्नैपर्छ। अमेरिकाको समर्थन नभए पनि हामी इरानका सबै आणविक प्लान्ट नष्ट गर्न तयार छौँ।’

नेतान्याहूले इजरायलसँग फोर्डो जस्ता सुरक्षित स्थानमा पनि आक्रमण गर्ने क्षमता रहेको दाबी गरेका छन्। उनले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायललाई रोकेको आरोप लगाउँदै ट्रम्पले कुनै अवरोध नगरेको जिकिर समेत गरे। 

युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासमा युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार इरानी समकक्षसँग वार्ता गर्ने तयारी गरेका छन्। अर्कोतिर ट्रम्पले अमेरिकी संलग्नताबारे दुई हप्ताभित्र निर्णय लिने बताएका छन्। उनको यो बयानपछि अमेरिका तत्काल युद्धमा सामेल हुने अनुमानलाई गलत साबित गरेको छ। 

ट्रम्पको यो यू-टर्न नेटोको समर्थन नहुनु र जी-७ देशहरूबाट इरान सम्बन्धी योजनामा पूर्ण सहमति नजुट्नु रहेको बताएका छन्। चीन, रुस र उत्तर कोरियाले इरानको पक्ष लिएर खुला समर्थन जनाएका छन्। तर यदी अमेरिका युद्धमा सामेल भयाे भने यी देशहरुले कसरी प्रतिकृया जनाउँछन् त्यो हेर्न बाँकी छ। उत्तर कोरियाका नेता किम जोङ उनले बिहीबार इजरायललाई ‘क्यान्सर’ को संज्ञा दिँदै उन्मूलन आवश्यक रहेको विवादास्पद बयान दिएका थिए। 

इरानका सर्वोच्च नेता खामेनीले अमेरिका र इजरायललाई चेतावनी दिँदै भनेका छन् , ‘हामी आत्मसमर्पण गर्दैनौँ। यदि अमेरिकी सेना यो युद्धमा सामेल भयो भने गम्भीर परिणाम भोग्नुपर्नेछ।’ इरानले हालसम्म चार सय ५० क्षेप्यास्त्र र एक हजारभन्दा बढी ड्रोन इजरायलमा प्रहार गरेको दाबी गरेको छ।

यो युद्धले विश्व ऊर्जा बजारमा पनि प्रभाव पारिरहेको छ। जी-७  देशहरूले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न कडा अडान लिएका छन्। रुस र चीनले भने युद्धविरामको लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

इरानले इजरायलको लागि जासुसी गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको भनेको छ। इरानी प्रहरीका अनुसार यी व्यक्तिहरूलाई इरानी सरकारको छवि बिगार्ने र जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।

इरान र इजरायल बिचको यो युद्धले मध्यपूर्वमा ठूलो संकट निम्त्याएको छ। अमेरिकाको आणविक चेतावनी र इजरायलको कडा सैन्य कारबाहीले परिस्थिति थप जटिल बनेको छ। कूटनीतिक प्रयासहरू असफल भएमा यो द्वन्द्वले विश्व युद्धको रूप लिन सक्ने खतरा रहेको विज्ञहरूले चेतावनी दिएका छन्। एजेन्सी
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस