खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित किरात समुदायको पवित्र उद्गमस्थल तुवाचुङ जायजुङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग गरिएको छ।
साकेला उभौली पर्वको अवसरमा शनिबार आयोजित ‘तुवाचुङ दिवस’ कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसका लागि पहल गर्ने आश्वासन दिएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, हलेसी तुवाचुङ नगरप्रमुख बिमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई र तुवाचुङ जायजुम संरक्षण समितिका महासचिव दिनेश राई लगायतले डा. कोइरालासमक्ष तुवाचुङको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व उजागर गर्दै विश्व सम्पदा सूचीमा पार्न आग्रह गरेका हुन्।
उनीहरूले राज्यबाट यस क्षेत्रको संरक्षण र प्रवर्द्धनमा उपेक्षा भएको गुनासोसमेत गरे।
जवाफमा नेता कोइरालाले तुवाचुङको ऐतिहासिकता र पर्यटकीय सम्भावनालाई आफूले नजिकबाट महसुस गरेको बताउँदै विश्व सम्पदा सूचीमा समावेश गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘पहिलो पटक आएको यो ठाउँको ऐतिहासिक, पुरातात्विक, सामाजिक र पर्यटकीय सम्भावना प्रचुर देखें,’ कोइरालाले भने, ‘यसको संरक्षण र विकास गर्दै सम्पदा सूचीमा पार्न प्रयास गर्नेछु।’
‘तुवाचुङ जायजुम संरक्षण समिति, खोटाङ’ को आयोजनामा शनिबार सम्पन्न ‘तुवाचुङ दिवस’ मा किराती समुदायले आफ्नो उद्गमस्थल मानिने तुवाचुङमा विधिपूर्वक ३ चुला र आफ्ना आदिम पुर्खा तयामा, खियामाको पूजाआराधना गर्दै साकेला सिली नाचेर उभौली पर्व (धिरीनाम ५०८५) मनाएका थिए।
नगरप्रमुख बिमला राई, किरात धामी (विजुवा) तथा सामाजिक एवं राजनीतिक अगुवाहरूले पूजाआराधना र पितृतर्पण गरेका थिए। किरात वेद मुन्दुममा तुवाचुङ जायजुङलाई किराती समुदायका सृष्टिकर्ता पुर्खाहरू तयामा, खियामा र जायजुङको उत्पत्तिस्थल मानिन्छ।
हलेसी तुवाचुङ नगरप्रमुख राईले किरात उद्गमस्थल तुवाचुङ र हलेसी क्षेत्र हिन्दू, बौद्ध र किरात सभ्यताको विश्वप्रसिद्ध त्रिधार्मिक स्थलसमेत भएकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सबै दृष्टिकोणबाट उपयुक्त रहेको बताए। उनले यसका लागि सबै राजनीतिक दलमार्फत सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे।
तुवाचुङ जायजुङमा नेपालसहित भारतका दार्जिलिङ र सिक्किम प्रान्तबाट समेत किरात राई समुदायका श्रद्धालुहरू पूजाआजा र दर्शनका लागि आउने गर्दछन्।
संरक्षण समितिका महासचिव दिनेश राईका अनुसार उभौली र उधौली पर्वमा यहाँ एक महिनासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ भने पछिल्ला वर्षहरूमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ।
शनिबार आयोजित साकेला सिली प्रदर्शनीमा खोटाङ र उदयपुरका विभिन्न स्थानीय तहका १३ समूहले सहभागिता जनाएका थिए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...