वर्षाले उदयपुरका पहाडी सडक अवरुद्ध, गाउँबस्तीसँग सम्पर्कविच्छेद !
१७ जेष्ठ २०८२
•
२ मिनेट पाठ
वर्षाले उदयपुरका पहाडी सडक अवरुद्ध, गाउँबस्तीसँग सम्पर्कविच्छेद !
वर्षाले बिगारेको लिम्चुङबुङ–मुर्कुची खण्डको बेहाल सडक। तस्बिर: महेश्वर/नागरिक
मनसुनको सुरुवातसँगै परेको केही घण्टाको वर्षाले उदयपुरका अधिकांश पहाडी सडकहरू अवरुद्ध भएका छन्। सर्वसाधारणको आवतजावत र अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ।




शनिबार बिहान ३ देखि ८ बजेसम्मको लगातार वर्षाले कच्ची सडकहरू हिलाम्य र ठाउँ ठाउँमा पहिरो खसेर यातायात सञ्चालन हुन नसकेको हो।

लामो समयदेखि नाला निर्माण नगरिनु र सडकको स्तरोन्नति नहुनु नै सामान्य वर्षामै सडक अवरुद्ध हुनुको मुख्य कारण रहेको स्थानीय बताउँछन्।

सदरमुकाम गाईघाटदेखि विभिन्न स्थानीय तहका मुकाम जोड्ने सडकहरूमा सवारी चल्न सकेका छैनन्। गाईघाट–रौतामाई मुकाम भुट्टार, सल्ले, नामेटार, आँपटार, ओख्रेनी, नामन्त, भदौरे, पाँबु, लाफागाउँ र डिल्लीबर खण्डका सडकहरू पूर्ण रूपमा प्रभावित भएका छन्।

रौतामाई–३ लाफागाउँका स्थानीय खिलराज राईका अनुसार बाटो हिलाम्य भएर मोटरसाइकलसमेत चल्न नसक्ने अवस्था छ।

लिम्चुङबुङ गाउँपालिकाको बाराहा–गाईघाट जोड्ने मुर्कुची–माझखर्क–बाराहा खण्डको सडक पनि हिलो र पहिरोले क्षतविक्षत भएको छ।

स्थानीय कृष्ण खत्रीले तीन घण्टामा पुगिने सदरमुकामबाट माझखर्क पुग्नै घण्टौँ लागेको गुनासो गरे। लिम्चुङबुङकै वडा नं-१ बाँसबोटे, २ ताम्लिछा, ४ बलम्ता र ५ जाँते जोड्ने आन्तरिक सडकहरू पनि काम नलाग्ने भएका छन्।

बलम्ताका वडाध्यक्ष छत्रबहादुर राई र जाँतेका वडाध्यक्ष कविचन्द्र राईले पनि आन्तरिक सडक भत्किँदा एउटा बस्तीबाट अर्कोमा जानआउन समस्या भएको सुनाए। गतवर्ष मात्र खनिएका जाँते–धुकुर्थुम–भार्के, जाँते–हिम्मा, बुईखा–खोस्टुङ–रुपला खण्डका सडक पहिरोले पुरिएका छन्।

उदयपुरगढी गाउँपालिकाका मुकाम गढी–बर्रे, गढी–तावाश्री, गढी–डुम्रे र भलायडाँडा जोड्ने सडक पनि वर्षाले भत्काएको छ।

वडा नं-३ का अध्यक्ष मनोज कार्कीका अनुसार कच्ची सडक हिलाम्य र पहिरोले पुरिएर मोटरसाइकल चलाउनसमेत कठिन छ।

मदन भण्डारी लोकमार्गको नेपालटारदेखि गाउँपालिका मुकाम गढीसम्म पुग्ने निर्माणाधीन कालोपत्रे सडकमा पनि हिलोले आवागमन ठप्प भएको छ।

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कालोपत्रेको काम भइरहेकाले वर्षामा हिलो भएको र वैकल्पिक रुट प्रयोग गर्नुपर्ने अवस्था आएको बताए।

बिकट गाउँपालिका ताप्लीका कच्ची सडकहरूको अवस्था पनि उस्तै छ। सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको बेतिनीदेखि गाउँपालिका केन्द्र रुपाटार जोड्ने सडक वर्षाले बिगारेको छ।

वर्षा नहुँदा पनि घण्टौँ लाग्ने कटारी–बेतिनी खण्डको सडकको बेहाल अवस्थाले ताप्ली र कटारी नगरपालिकाका पहाडी भेगका बासिन्दालाई नगरमुकामसम्म पुग्न कठिनाइ भएको छ।

अधिकांश स्थानीय तहको आन्तरिक बजेट सकिएकाले अवरुद्ध सडक मर्मतका लागि प्रदेश र सङ्घीय सरकारसमक्ष बजेट माग्नुपर्ने बाध्यता रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर बताउँछन्।

वर्षाको प्रारम्भमै देखिएको यो समस्याले आगामी दिनमा पहाडी क्षेत्रको जनजीवन थप कष्टकर बन्ने सङ्केत गरेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस