सगरमाथा लोक मार्गअन्तर्गत गाईघाट दिक्तेल सडकको फोक्सिङटारस्थित सुनकाेशी नदीको बेलिब्रीज खोल्न थालिएको छ। गत पुस अन्तिममा जडान गरिएको बेलीब्रीज ४ महिनापछि खोल्न थालिएको हो।
वर्षायाम सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रीज सुरक्षित गर्न खोल्न थालिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ । गत असोज १२ गते राति आएको भीषण बाढीले फोक्सिन्टारको मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध हुन पुगेको गाईघाट दिक्तेलको सोझो यातायात बेलिब्रीज जडान गरी ३ महिनापछि सुचारु गरिएको थियो ।
बेलिब्रीज जडान गर्न र खोल्न योजना कार्यालयले १ करोड २ लाख रुपैयाँमा ठेक्का लगाएको जनाएको छ । ५० मिटर लामो बेलिब्रीज जडान र खोल्ने ठेक्का आर्यन कन्स्ट्रक्सन मल्टीपर्पोज प्रालि कटारीले लिएको गाईघाट दिक्तेल सडक आयोजना कार्यालय प्रमुख पशुपति ज्ञवालीले बताए । बेलिब्रीज खोल्न थालेपछि उदयपुर र खोटाङको यातायात सेवा पुन: अवरुद्ध भएको छ ।
खोटाङवासीले भने जेठभरी बेलिब्रीज नखोल्न आग्रह गरेका थिए । कृषकले बालीनाली लगाउने बेला भएकाले मल बीउ तथा आउँदो बर्खा टार्ने खाद्यान्न जिल्ला भित्र्याउन यातायात सम्पर्क टुट्ने भन्दै लिखित रुपमै केही समय बेलिब्रीज नखोल्न उनीहरूको आग्रह थियो । तर, नदीमा पानीको सतह बढ्न थालेको र वर्षायाम भएकाले कुनै पनि बेला बाढी आएर बगाउने खतराप्रति सचेत हुँदै खोल्न निर्देशन दिइएको ज्ञवालीले बताएका छन् ।