गत असोज १२ गते राति सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिन्टारस्थित सुन नदीको मोटरबेल पुल भत्केपछि उदयपुर र खोटाङ सदरमुकाम दिक्तेलबिचको सोझो यातायात सम्बन्ध टुटेको थियो । सम्बन्ध टुटेपछि ५० मिटरको बेलिब्रीज लगाएर ३ महिना यातायात सुरु गरिएको थियो।
उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे सीमा फोक्सिन्टारस्थित सुन नदीको पक्की पुल बगेपछि विकल्पको रुपमा ‘फोक्सिङटार–धाप्लाङघाट सडक योजना’को अवधारणा अघि सारिएको हो ।
१३ वर्ष लामो अवधिमा निर्माण भएर ०७९ पुस ७ गतेदेखि सञ्चालनमा आएको फोक्सिन्टार पुल उद्घाटन गर्नै नपाई बाढीले बगाएको र नयाँ पुल बनाउन वर्षौँ लाग्ने भएकाले विकल्प खोज्ने क्रममा फोक्सिन्टारदेखि धाब्लाङ जोड्ने वैकल्पिक सडक निर्माण गर्न लागिएको हो ।
सो सडक निर्माणका लागि प्रदेश सरकारले १ करोड २० लाख रुपैँया सुरुवाती बजेट सुनिश्चित गरेको र हाललाई चालु वर्ष नै काम गर्ने गरी ४५ लाख निकासा दिइएको छ ।
सो वैकल्पिक सडक निर्माणपछि खोटाङबासी नागरिकले सुन नदी किनारैकिनार फोक्सिङटारदेखि साउनेचौर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङको पुल तरेर उदयपुर आउन सहज हुनेछ ।