उदयपुरका एक युवाको मलेसियामा रहस्यमय मृत्यु भएको छ। वैदेशिक रोजागरीको क्रममा २ वर्षदेखि मलेसियामा रहेका सदरमुकाम त्रियुगा नगरपालिका ८ बैरेनीका ४० वर्षीय भोजु दनुवारको अघिल्लो दिन भएको मृत्यु रहस्यमय र शङ्कास्पद भएको परिवारले जनाएको छ।
श्रीमती बिनिता दनुवारका अनुसार भोजुले आइतबार (हिजो) मात्रै मोबाईलमार्फत श्रव्य सन्देश (अडियो म्यासेज) पठाउँदै आफूलाई कसैले मार्ने धम्की दिएको बताएका थिए। त्यसको भोलिपल्ट अर्थात् सोमबार (आज) उनी कोठामै मृत भेटिएका हुन्।
अडियो सन्देशमा भोजुले आफू कार्यरत कम्पनीका सुपरभाईजरले जसरी पनि मार्ने धम्की दिएको र त्यसका लागि मान्छे खटाएको धम्की दिएको कुरा उल्लेख छ।
भोजु काठमाडौँस्थित सप्तकोशी मेनपावर कम्पनीबाट ३ वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका थिए। ‘मार्छन् भन्ने सन्देश पठाएको भोलिपल्टै श्रीमान्ले आत्महत्याको तस्बिर त्यहाँबाट आएको भन्ने छ,’ जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले भने। तर, वैदेशिक रोजगारीसँग सम्बन्धित भएकाले यो घटनासँग प्रहरीको सम्बन्ध नरहेको एसपी बताउँछन्।
‘यो वैदेशिक रोजागारीसँग सम्बन्धित विषय भएकाले हामीसँग सम्बन्ध हुँदैन,’ योगीले भने, ‘यसका लागि सुरक्षित आप्रवासन केन्द्र (सामी) ले पहल गर्छ। त्यसैले त्यहीअन्तर्गत मेलियास्थित नेपाली दूतावाससँग समन्वय गरेर सोझै छानबिन र अन्य कानुनी प्रक्रिया अघि बढ्ने व्यवस्था छ।’
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल घटनाबारे जानकारी प्राप्त भएलगत्तै आप्रवासन केन्द्रमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित दूतावासलाई पत्राचार गरिसकेको बताउँछन्। आत्महत्या हो या हत्या भन्ने यकिन गर्न त्यहाँको प्रहरी लगाएर पत्ता लगाउन मलेसियन दूतावासलाई पत्र पठाएको भन्दै लुइँटेलले केही दिनभित्र यथार्थ जानकारी हुने बताए।
प्रारम्भिक जानकारीअनुसार भोजुले आत्महत्या गरेको भन्ने परिवारबाट जानकारी आएको पनि अडियो सन्देशमा मार्ने भन्ने रहेकाले हत्या हुनसक्ने आशङ्का पनि उत्तिकै गर्न सकिने लुइँटेल बताउँछन् ।
त्यसैले यो विषयमाथि छानबिन गरी हत्या वा आत्महत्या पत्ता लगाउन पत्राचार गरिएको हो। हत्या वा आत्महत्या जसरी भए पनि ज्यान गइसकेको र वैदेशिक रोजगारीमा जाँदा आवश्यक श्रम स्वीकृति लिएर नै गएकाले मृतक परिवारलाई कानूनबमोजिम क्षतिपूर्ति दिलाइदिन कानुनी प्रक्रिया अघि बढाउन दूतावाससँग आग्रह गरेको सिडिओ लुइँटेलले बताएका छन्।
मृतकको शव स्थानीय अस्पतालमा राखिएको र पोष्टमार्टमका लागि नेपाली दूतावासको अनुमति आवश्यक पर्ने कानुनी प्रावधान छ। सामीको पत्रानुसार दूतावासले तत्काल प्रक्रिया अघि बढाएमा पोष्टमार्टम गर्न २/३ दिन लाग्ने र त्यसपछि मात्र शव नेपाल ल्याउन मिल्ने प्रशासनले जनाएको छ।