विगत वर्षभन्दा ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’मा उदयपुरको एउटा नगरबाहेक सबैले प्रगति गरेका छन् । गत वर्षको दाँजोमा यहाँका स्थानीय तहले न्यूनतम १.५ देखि २० प्रतिशतसम्म प्रगति गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन अन्तिममा सार्वजनिक गरेको अन्तिम नतिजाले देखाएको छ।
मन्त्रालयका अनुसार उदयपुरका ४ नगर र ४ गाउँ गरी ८ स्थानीय तहमध्ये सबभन्दा धेरै २० प्रतिशत प्रगति गर्नेमा बिकट पहाडी लिमचुङबुङ गाउँपालिका रहेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा ६९.५ प्रतिशत पाएको लिमचुङबुङले चालु वर्ष ८९.५ प्रतिशत पुु¥याएर अन्यको दाँजोमा सर्वाधिक प्रगति गरेको हो । गत वर्षको लिजामा कम अङ्क पाएपछि गाउँपालिका बासीले लिमचुङबुङ जनप्रतिनिधि र कर्मचारीको तिखो आलोचना गरेका थिए ।
लिमचुङबुङपछि अर्को धेरै प्रगति गर्ने स्थानीय तह हो बेलका नगरपालिका । बेलकाले गत वर्षभन्दा १४.५ प्रतिशत बढी प्रगति गरेको छ । गत वर्ष ७०.२५ प्रतिशत पाएको बेलकाले यस वर्ष ८६.७५ प्रतिशत लिएको छ । त्यसैगरी चालु वर्ष ९५.७५ प्रतिशत अङ्क ल्याएर जिल्लाको उत्कृष्ट दरिएको रौतामाई गाउँपालिकाले गत वर्षभन्दा ८.७५ प्रतिशत बढी प्रगति गरेको छ । रौतामाईले गत वर्ष ८७ प्रतिशत पाएको थियो ।
तेस्रो धेरै प्रगति गर्ने स्थानीय तहमा सदरमुकाम त्रियुगा नगरपालिका रहेको छ । गत वर्ष ७७ प्रतिशत पाएको त्रियुगाले यस वर्ष ७.७५ अङ्क थप्दै ८४ प्रतिशत पु¥याएको छ । त्यस्तै गत वर्ष ६६ प्रतिशत पाएर अन्तिम सूचीमा परेको ताप्ली गाउँपालिका चालु वर्ष ३.२५ अङ्क थप्दै ७०.७५ प्रतिशतमा उक्लिएको छ । गत वर्ष ८५.५ प्रतिशत ल्याएको उदयपुर गढी गाउँपालिकाले यस वर्ष २.५ प्रतिशत प्रगति गर्दै ८८ प्रतिशत पु¥याएको छ।
जिल्लाका २ स्थानीय तह चौदण्डीगढी र कटारी नगरपालिका भने यस वर्षको लिजामा ऋणात्मक छन् । चौदण्डीगढी गत वर्षको दाँजोमा १० प्रतिशतले खुम्चिएको छ । अर्थात यो वर्ष ७०.७५ प्रतिशत पाएको उसले गत वर्ष ८५.७५ लिएको थियो । त्यसैगरी ९४.७५ प्रतिशत ल्याएर गत वर्ष उत्कृष्ट ठहरिएको कटारी यो वर्ष १.५ ऋणात्मक हुँदै ९३.२५ प्रतिशतमा खसेको हो ।
समग्रमा गत वर्षभन्दा उदयपुरले यो वर्ष प्रगति गरेको छ । गत वर्ष ७८.९१ प्रतिशत समग्र उपलब्धि हासिल गरेको उदयपुर यस वर्ष ८५.०३ प्रतिशतमा उक्लिएको छ ।
चालु वर्षको लिजामा रौतामाई प्रथम, कटारी दोस्रो र लिमचुङबुङ तेस्रो भएका छन् । उदयपुर गढी चौथो, बेलका पाँचौ, त्रियुगा छैटौँ र ताप्ली सातौँ स्थानमा दरिदा चौदण्डीगढी अन्तिम सूचीमा परेको छ ।
सङ्घीय सरकारले विभिन्न १० वटा सूचक तोकेर वर्षेनी स्थानीय तहहरुको स्वमूल्याङ्कन गराउँदै आएको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन र सेवा प्रवाहलाई मन्त्रालयले सूचक बनाएको छ । त्यसैगरी अन्य सूचकहरूमा न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वय रहेका छन् ।
१ सय पूर्णाङ्कका यी १० सूचक प्रत्येकलाई १० प्रतिशत मानेर स्थानीयतहहरु स्वयं आफैले स्वमूल्याङ्कन गर्ने गरी जिल्ला समन्वय समितिमा पेश गर्ने, समन्वयले प्रदेशमा र प्रदेशले सङ्घीय सरकारलाई पेश गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने गरिएको जिल्ला समन्वय समिति उदयपुरका समन्वय अधिकारी गजेन्द्रनाथ शर्माले बताएका छन्।