गर्मी र सुख्खा मौसम सुरु भएसँगै डढेलो र आगलागीबाट हुने क्षतिको सम्भावित जोखिमबाट बच्न डिभिजन वन कार्यालय गाईघाटले पूर्वतयारी थालेको छ। यसै क्रममा डिभिजनले जिल्लास्थित सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्ने उपकरण हस्तान्तरण गरेको छ।
डिभिजन वनले कार्यालयमै आयोजित एक कार्यक्रममार्फत जिल्लास्थित विभिन्न सुरक्षा निकायलाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको हो। जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई अग्नि नियन्त्रक सामग्री डिभिजनले हस्तान्तरण गरेको हो।
सहायक वन अधिकृत जागेश्वर साहका अनुसार फागुनदेखि वैशाख, जेठसम्म गर्मी र सुक्खा याम हुने र यो मौसममा आगलागी र डढेलोका घटना बर्सेनि बाक्लो हुने हुँदा जनधनको क्षति हुने गरेको छ। सुख्खा याममा जताततै डढेलो लाग्ने र डढेलोको लप्बा गाउँबस्ती पस्दा घर गोठमा आगलागी भएर जनधनको क्षति हुनबाट रोक्न अग्नि नियन्त्रण सामग्री सुरक्षा निकायलाई बेलैमा वितरण गरिएको साहले बताए।
सो सामग्री डिभिजनले संघीय सरकारको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वितरण गरिएको निमित्त डिभिजन वन अधिकृत रामभक्त यादवले बताएका छन्। उनका अनुसार चालु वर्षका लागि संघीय सरकारको ‘राष्ट्रिय वन व्यवस्थापन कार्यक्रमअन्तर्गत’ सशर्त तीन लाख ५० हजार रूपैयाँको सामग्री खरिद गरी सुरक्षा निकायलाई वितरण गरिएको हो।
वितरित सामग्रीमा आगलागी र डढेलो लाग्दा तत्काल निभाउने ब्याकवाटर पम्प, फायर र्याक, जम्प सुट र फायर साबेल लगायत रहेका छन्। यी सामग्रीले आगलागीको विपतलाई बचाउन धेरै ठूलो सहयोगी सावित हुँदै आएको डिभिजनले जनाएको छ।
बर्सेनि राष्ट्रिय र सामुदायिक वन समुहको जंगल डढेलो र आगलागीले व्यापक क्षति गर्ने गरेको घटनाबाट सचेत हुँदै बेलैमा अग्नि नियन्त्रण सामग्री वितरण गरिएको यादवले बताए।
जिल्लाका चारवटै सुरक्षा निकाय प्रमुखहरूलाई राखेर सामग्री वितरण गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले डढेलो र आगलागीजस्ता घटना हुन नदिन बेलैमा पूर्वतयारीमा लाग्नुपर्ने बताए। सुरक्षा निकायहरूले यस्ता सामग्री पाएपछि आगलागी र डढेलो लाग्दा स्वतः सुरक्षाकर्मी परिचालन भई अग्नि नियन्त्रणमा खट्न सहज हुने सिडिओ घिमिरेले बताए।
उदयपुर घना जंगल भएको जिल्लामध्ये एकमा पर्छ। चुरे महाभारत पर्वत तथा तरी जंगलले घेरिएको जिल्ला उदयपुरको कुल दुई लाख १९ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमध्ये एक लाख ४५ हजार चार सय ९६ हेक्टर वन क्षेत्रले ओगटेको छ, जसमध्ये डिभिजन वन कार्यालय गाईघाटअन्तर्गत ७४ हजार चार सय ७८ हेक्टर जंगल क्षेत्र पर्ने डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ, जसमा ३३.८८ प्रतिशत अर्थात् २५ हजार दुई सय ३४ हेकटर जंगल राष्ट्रिय वनअन्तर्गत पर्छ भने ६६.११ प्रतिशत हिस्सा अर्थात् ४९ हजार दुई सय ४४ हेक्टर सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्छ।
गाईघाट डिभिजनअन्तर्गत नौ सय १२.८ हेक्टरको सबभन्दा ठूलो भूभाग ओगटेको खैजनपुर सामुदायिक वन तथा ४.७० हेक्टर ओगटेको सबभन्दा सानो त्रियुगा वनबाटिका गरी दुई सय आठवटा सामुदायिक वन समूह गठन भई क्रियाशील छन्।
सामुदायिक वन समूहबाट ४७ हजार सात सय ९० घरधुरीका दुई लाख १८ हजार एक सय ५३ जनसंख्या लाभान्वित भएको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ।