लागूऔषध सहित देशका विभिन्न स्थानबाट १० पक्राउ
२८ फागुन २०८१
•
३ मिनेट पाठ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १० पक्राउ
लागू औषध सहित देशका विभिन्न स्थानबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।




काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागू औषध ट्रामाडोल २ सय ९५ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय बल राम रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिराहा, गोलबजार नगरपालिका-४ स्थित हाइवे होटलबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित होटलका संचालक औरही गाउँपालिका-२ बनिनिया टोल बस्ने ३० वर्षीया नगिरा खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त होटलमा लागू औषध बिक्री वितरण भइहरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

साथै सोही होटल बाहिरबाट गोलबजार नगरपालिका-७ चोहर्वा बस्ने १६ वर्षीय किशोरलाई समेत अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ।

सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ फुलचोकबाट नियन्त्रित लागू औषध ट्रामोल १ हजार १ सय ९० ट्याब्लेट र स्पास्पेन १ हजार २८ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका-६ फत्तेपुर बस्ने ३२ वर्षीय प्रदिप बिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो।

यसैगरी, सुनसरी, इटहरी उपमहानगरपालिका-९ भोजपुरे टोलबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका-३ घर भएका ३२ वर्षीय किरण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-६ अनाम टोल डेरा गरी बस्ने सोही नगरपालिका-५ घर भएका ३२ वर्षीय सुरज गुरुङ समेत ३ जनालाई नियन्त्रित लागू औषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ५० ट्याब्लेट सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुरजको कोठाबाट उक्त लागू औषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-३ बगर टोल बस्ने ५० वर्षीया सितेम्मा राईलाई अवैध लागू औषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

उल्लेखित सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ
१७ साउन २०८२
•
३ मिनेट पाठ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन्।




काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित सोही ठाउँ बस्ने लमजुङ घर भएका २४ वर्षीय मिलन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै, थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २५ वर्षीय शाहिल अलि देवानलाई सोही महानगरपालिका-१६ बालाजुबाट ट्रामाडोल ३ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने मुगु खत्याड गाउँपालिका-३ घर भएका २५ वर्षीय सुरेश शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै क प्र.०२.००१ ज ०६९८ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१० झिलमिले बस्ने हिमा पुनलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र नाईट्राजेपाम १४ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय महेश बुढाथोकी र रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने १९ वर्षीय ईश्वर परियार रहेका छन्। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सिराहा, औरही गाउँपालिका-४ नयाँ कमलपुर गाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३ किलोग्राम सहित गोलबजार नगरपालिका-१ मुक्सार बस्ने ४२ वर्षीय जय राम जोशी समेत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ करबोला चोकबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ४० ग्राम सहित पर्सागढी नगरपालिका-९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

झापा, भद्रपुर नगरपालिका-९ बस्ने ३८ वर्षीय नरेन राजबंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने म्याग्दी घर भएका ३२ वर्षीय सुशिल परियार समेत २ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, आईपिपिएल ४३ एम्पुल र फेनारगन ४३ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुशिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस